रेलभित्रै युवतीले मेकअप गर्न थालेपछि…

टोकियो/यात्रा गर्ने क्रममा सार्वजनिक सवारीसाधनभित्रै मेकअप गर्न मिल्छ कि मिल्दैन ? यसबारे विभिन्न मानिसका विभिन्न धारणा होलान् । तर, जापानको एक रेल कम्पनीले भने यसलाई अस्वीकार गरेको छ । यस्तो कार्य निरुत्साहित गर्न उसले भिडियो सार्वजनिक गरेको छ ।
रेलभित्र जथाभावी मेकअप गर्ने यात्रुलाई हतोत्साहित गर्न रेलसेवा प्रदायक कम्पनी टोक्यू कर्पले भिडियो सार्वजनिक गरेको हो । कम्पनीको योजना रेलभित्र अशोभनीय हर्कत निरुत्साहित गर्ने रहेको जनाइएको छ । ३० सेकेन्ड लामा ती भिडयो यसरी सुरु हुन्छन्, ‘सहरका महिला साह्रै सुन्दर छन् । तर, उनीहरू बारम्बार कुरूप देखिन खोज्छन् ।’
मेकअप गरेका महिलालाई देख्दा जापानी नायिका सावा निमुरा आक्रोशित हुन्छिन् र अगाडि भन्छिन्, ‘रेलमा मेकअप गर्न छाड्नुहोस् ।’ अर्को भिडियोमा दुई महिलायात्रुले रेलभित्रै लिपिस्टिक र आइलेस लगाएको र अर्की महिलाले ‘कस्ती कुरूप’ भन्दै कानेखुसी गरेको देखिन्छ ।
मेकअपले रेलभित्रको वातावरण बिग्रिएको भन्दै मेकअप गर्ने महिलासँग अर्की एक महिला झर्किएको पनि देखिन्छ । भिडियोबारे सामाजिक सञ्जालमा असन्तोष पोखिन थालेका छन् ।
‘रेल कम्पनीको कुरा म स्पष्ट बुझ्छु । रेलमा मेकअप गर्दा पाउडर छरिन सक्छ, अत्तरको कडा गन्धले यात्रा गरिरहेका अन्य मानिसलाई असर गर्न सक्छ,’ एक ट्विटर प्रयोगकर्ता भन्छन्, रेल कम्पनीले निर्देशन दिन मिल्दैन,’ उनी भन्छन् । ‘रेलमा मेकअप गर्न पाएनौँ भनेर यात्रुहरू कत्ति रिसाएका छैनन्,’ उनी थप्छन् ।
हिनासी नाम गरेका व्यक्ति ट्विट गर्छन्, ‘भिडियोमार्फत रेल कम्पनीले महिलालाई घृणित पात्रका रूपमा व्याख्या गर्न खोजेको छ ।’ रेलमा मेकअपभन्दा यौन दुव्र्यवहार र जाँड खाने समस्या ठूलो भएको केहीले टिप्पणी गरेका छन् ।
तर, केहीले रेल विज्ञापनको स्वागत गरेका छन् । रेलभित्र मेकअप गर्नुु भनेको शौचालयमा शौच गर्नुबराबर भएको एक ट्विटर प्रयोगकर्ताको भनाइ छ । सार्वजनिक स्थानमा मेकअप गर्ने महिलाको चरित्रमाथि नै प्रश्न गर्नुपर्ने वेला आएको केहीको प्रतिक्रिया छ ।
केहीले भने रेलमा मेकअप गर्नु निजी विषय भएको तर्क गरेका छन् । ‘पश्चिमा समाजमा सार्वजनिक रूपमा मेकअप गर्नुलाई वेश्यापनसँग जोडिन्छ । तर, बेलायतकी महारानी एलिजाबेथ द्वितीय भने सार्वजनिक स्थलमै आफ्नो लिपिस्टिक छुने कार्यका लागि प्रख्यात छिन्,’ पापुरिका ड्रिम्स ट्विट गर्छिन् ।
रेल प्रयोग गर्दा यात्रुहरूले पालना गर्नुपर्ने नियमबारे जानकारी दिन र अन्य यात्रु हिँडिरहेको समयमा स्मार्ट फोन प्रयोग गर्ने तथा ब्याग बोकेर अन्य यात्रुलाई सास्ती दिने महिलाई निरुत्साहित गर्न भिडियो निर्माण गरिएको कोर्पले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












