बिस्केट जात्राको तयारी सुरु
भक्तपुर, ६ चैत । आगामी चैत २८ गतेदेखि आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको तयारी सुरु भएको छ ।
आगामी वैशाख ५ गतेसम्म चल्ने जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिकास्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो भक्तपुर नगरपालिका–११ ल्येसिंखेल अर्थात् भेलुखेलस्थित जात्रास्थलमा ल्याई पु¥याएको छ ।
संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले लिङ्गो उठाउने क्रममा भाँंचिए अर्को प्रयोग गर्ने गरी दुईवटा ल्याइएको बताउनुभयो । लिङ्गो नभाँचिए जगेडा रहेको लिङ्गो अर्को वर्ष प्रयोग गर्ने परम्परा छ ।
वैशाख सुरु हुनु चार दिनअघि सुरु हुने बिस्केट जात्रामा मसान्तको दिन अर्थात् यस वर्ष चैत ३१ गते डोरीको सहायताले हजारौँ जात्रालुले लिङ्गो तानेर उठाउने गर्छन् । सो लिङ्गोलाई प्रत्येक वर्षको नयाँं दिन अर्थात् वैशाख १ गते साँझ ढाल्ने गरिन्छ ।
जात्राका लागि अत्यावश्यक मानिएको भैरब र भद्रकालीको रथ निर्माणसमेत सुरु गरिएको छ । सुवेदीले भक्तपुर नगरपालिका–११ तौमढीस्थित पाँचतले मन्दिर परिसरमा सिकर्मी नाइके लक्ष्मीप्रसाद शिलाकारको नेतृत्वमा चैत १ गतेदेखि तीनतले प्यागोडा शैलीमा काठै काठको रथ निर्माण सुरु गरिएको बताउनुभयो ।
चैत २८ गते जात्राको सुरुको दिन रथ तान्नका लागि आवश्यक पर्ने डोरी खरिद गर्ने काम पनि सम्पन्न भएको जानकारी दिँदै उहाँले गत वर्ष बिग्रिएका रथका विभिन्न भाग मर्मत र पित्तलको छानाको केही भाग नयाँ राखिने भएको छ । यस वर्ष जात्रा सञ्चालनका लागि करिब रु २८ लाख खर्च हुने अनुमान कार्यालयले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय एवम् महानगरीय प्रहरी परिसर भक्तपुरका लागि चुनौती बन्दै आएको बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीबीच छलफल चलाएको छ । जात्रामा हरेक वर्ष ढङ्गा हानाहान भएर हिंसात्मक घटना हुने भएकाले यसलाई रोक्न यस वर्ष सुरक्षा व्यवस्था कडा पारिने र चोक चोकमा व्यवस्थित रुपमा सिसी क्यामरा जडान गरिने भएको छ ।
प्रजिअ द्रोण पोखरेलले यसबारेमा स्थानीय क्लब, गुठी र सरोकार भएका निकायसँग चरणबद्ध रुपमा छलफल सुरु गरिएको बताउनुभयो । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जात्रा शान्तिपूर्ण बनाउन सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन र चोक चोकमा सिसी क्यामरा जडान गरिने बताउनुभयो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












