बिस्केट जात्राको तयारी सुरु
भक्तपुर, ६ चैत । आगामी चैत २८ गतेदेखि आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको तयारी सुरु भएको छ ।
आगामी वैशाख ५ गतेसम्म चल्ने जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिकास्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो भक्तपुर नगरपालिका–११ ल्येसिंखेल अर्थात् भेलुखेलस्थित जात्रास्थलमा ल्याई पु¥याएको छ ।
संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले लिङ्गो उठाउने क्रममा भाँंचिए अर्को प्रयोग गर्ने गरी दुईवटा ल्याइएको बताउनुभयो । लिङ्गो नभाँचिए जगेडा रहेको लिङ्गो अर्को वर्ष प्रयोग गर्ने परम्परा छ ।
वैशाख सुरु हुनु चार दिनअघि सुरु हुने बिस्केट जात्रामा मसान्तको दिन अर्थात् यस वर्ष चैत ३१ गते डोरीको सहायताले हजारौँ जात्रालुले लिङ्गो तानेर उठाउने गर्छन् । सो लिङ्गोलाई प्रत्येक वर्षको नयाँं दिन अर्थात् वैशाख १ गते साँझ ढाल्ने गरिन्छ ।
जात्राका लागि अत्यावश्यक मानिएको भैरब र भद्रकालीको रथ निर्माणसमेत सुरु गरिएको छ । सुवेदीले भक्तपुर नगरपालिका–११ तौमढीस्थित पाँचतले मन्दिर परिसरमा सिकर्मी नाइके लक्ष्मीप्रसाद शिलाकारको नेतृत्वमा चैत १ गतेदेखि तीनतले प्यागोडा शैलीमा काठै काठको रथ निर्माण सुरु गरिएको बताउनुभयो ।
चैत २८ गते जात्राको सुरुको दिन रथ तान्नका लागि आवश्यक पर्ने डोरी खरिद गर्ने काम पनि सम्पन्न भएको जानकारी दिँदै उहाँले गत वर्ष बिग्रिएका रथका विभिन्न भाग मर्मत र पित्तलको छानाको केही भाग नयाँ राखिने भएको छ । यस वर्ष जात्रा सञ्चालनका लागि करिब रु २८ लाख खर्च हुने अनुमान कार्यालयले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय एवम् महानगरीय प्रहरी परिसर भक्तपुरका लागि चुनौती बन्दै आएको बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीबीच छलफल चलाएको छ । जात्रामा हरेक वर्ष ढङ्गा हानाहान भएर हिंसात्मक घटना हुने भएकाले यसलाई रोक्न यस वर्ष सुरक्षा व्यवस्था कडा पारिने र चोक चोकमा व्यवस्थित रुपमा सिसी क्यामरा जडान गरिने भएको छ ।
प्रजिअ द्रोण पोखरेलले यसबारेमा स्थानीय क्लब, गुठी र सरोकार भएका निकायसँग चरणबद्ध रुपमा छलफल सुरु गरिएको बताउनुभयो । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जात्रा शान्तिपूर्ण बनाउन सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन र चोक चोकमा सिसी क्यामरा जडान गरिने बताउनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












