नौ लिम्बू शाखा अधिकृत सम्मानित
काठमाडौं । लिम्बू विद्यार्थी मञ्चले २०७३ सालमा नियुक्त भएका नौ लिम्बू शाखा अधिकृतलाई सम्मान गरेको छ । मञ्चको १९औं स्थापना दिवसको अवसरमा लालितपुर स्थित किराँत याक्थुङ चुम्लुङमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्म्मान गरिएको हो । किराँत याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष मन्जुल याक्थुङबाले ताम्रपत्र र दोसल्लाह ओडाएर उनीहरुलाई सम्मान गरे ।
सम्मानित हुनेमा विक्रम सम्वाहाङ्फे, बुधराज लिम्बू, विक्रम इजम, गोपालकृष्ण लिम्बू, गजेन्द्र येक्तेन, टार्जनकुमार लिम्बू , सुमन लिङ्देन, प्रविनहाङ योङहाङ र जेमा माखिम रहेका छन् ।
निजामती सेवामा लाग्न लिम्बू समुदायका युवाहरुलाई उत्प्रेरित गर्ने काम गरेकाले उनीहरुलाई सम्मान गरिएको मञ्चका उपमहासचिव उत्सव सम्वाहाङ्फेले बताए ।
सोही अवसरमा हालै सम्पन्न भएको महाधिवेशनबाट प्याबसन केन्द्रिय अध्यक्षमा निर्वाचित भएका लोयाल्टी एकेडेमिका संस्थापक विजय सम्वाहाङ्फे, त्रिभुवन विश्वविध्यालय सेवा आयोगबाट हालै स्थायी नियुक्ती पाएका उपप्राध्यापक अमरजङ लिम्बू , भोजपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नियुक्त भएकी गोमादेवी चेमजङलाई पनि सम्मान गरिएको छ ।
यो वष॔को राज–उत्तम पुरस्कार भिम सेनेहाङलाई प्रदान गरियो । लिम्बू भाषा, लिपि, संस्कृतीलाई विषय बनाएर स्नातकोत्तर तहको सोधपत्र लेख्ने व्यक्तिलाई सो पुरस्कार प्रदान गरिदै आएको छ ।
‘मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान’ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालामा स्वायत्त लिम्बुवान् भन्ने मूल नाराका साथ २०५५ सालमा स्थापित लिम्बू बिद्यार्थी मञ्च अरुण पूर्वका नौ जिल्ला, राजधानीका काठमाडौं, भक्तपुर र लालितपुरमा कृयाशील छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












