विकट गाउँमा सोलार प्यानल जडान भएपछि स्थानीय हर्षले गदगद
काठमाडौं । अन्तर्राष्ट्रिय इन्जिनियरहरुको व्यवसायिक संगठन Institute of Electrical and Electronics Engineers ले गतवर्ष विनाशकारी भूकम्पले क्षतिग्रस्त क्षेत्रहरुको प्रपोजल तयार गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको हो । हालैमात्र संस्थाले दोलखा अति विकट गौरीशंकर गाविसको सिमि गाउँको एस सय तीस घरमा विद्युत जोडेको छ । उक्त गाउँमा १२ किलोवाट क्षमताको सोलार प्लान्ट राखेर विद्युतीकरणको कार्य सम्पन्न गरेको हो ।
विद्युतीकरणपछि स्थानीयहरु इन्टरनेटबाट लाभान्वित हुने भएका छन् । सो गाविसमा विद्युतीकरणका लागि IEEE नामक संस्था र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले संयुक्त रुपमा लगानी गरेका थिए । IEEE संस्थाका तर्फबाट सोलार प्यानल लगायत र माथिल्लो तामाकोशीले पोल, केवल लगायतका सामग्रीहरु सहयोग गरेका थिए । भूकम्प पीडितको सहयोग गर्ने उद्देश्यले अष्ट्रेलियन कम्पनीको सहयोगमा उक्त विद्युत प्लान्ट स्थापना भएको हो । र, स्थानीय उक्त प्लान्ट स्थापना भएर गाउँ नै झिलीमिली भएपछि स्थानीय हर्ष गदगद भएका छन् ।
नेपाल शाखाका प्रमुख अरुण तिमल्सिना अनुसार हालै मात्र काठमाण्डौं, ललितपुरका बिभिन्न पांचवटा विद्यालय तथा पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस र बिदेशी एयरपोर्टहरुमासमेत शुद्ध पिउने पानी, फाउण्टेन सिस्टम जडान गर्ने कार्यहरु गर्दै आईरहेको छ । भविष्यमा संस्थाले भूकम्प पीडित क्षेत्रहरुमा सामाजिक सेवा अन्तर्गतका कार्यक्रमहरु लैजानै संस्थाले जनाएको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












