त्रिपालभित्र बसेर परीक्षा दिनुपर्ने बाध्यता
बेनी (म्याग्दी), ११ चैत । म्याग्दीको बेनी नगरपालिका–४ डाडाँखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थी त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका छन् ।
गत फागुन २५ गते साँझ विद्युत् सर्ट भएर विद्यालयको १० कोठे भवन ध्वस्त भएपछि त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका हुन् । एकसय ७४ जना विद्यार्थी रहेको विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीले टहरामुनि बाटै परीक्षा दिएभने ४ देखि ७ कक्षाका विद्यार्थीले अहिले धमाधम परीक्षा दिँदैछन् ।
विद्यालयका प्रधानाध्यापक तीर्थ बानियाँले आगलागीबाट सुविधासम्पन्न भवन नष्ट भएपछि टहरामुनिबाटै परीक्षा सञ्चालन गर्न बाध्य भएको बताउनुभयो । आगलागीले भवनसँगै वर्षौंदेखिको कागजपत्र, टेबुल, कुर्ची, कम्प्युटर, पुस्तकालयका पुस्तक नष्ट हुँदा रु ९२ लाख क्षति भएको थियो ।
“वार्षिक परीक्षा आउनुभन्दा केही दिनअघि मात्रै त्यस्तो घटना भयो । केही दिन यही टहरामा पठनपाठन गरायौँ”, प्रअ बानियाँले भन्नुभयोे, “अहिले परीक्षा पनि त्यस्तै ठाउँमा सञ्चालन गरेका छौँ ।” विद्यार्थीले शैक्षिकसत्रको अन्तिममा ६० पूर्णाङ्कको परीक्षा दिनुपर्ने भए पनि यसअघिका तथ्याङ्क पूरै आगलागीले नष्ट गरेपछि १०० पूर्णाङ्ककै परीक्षा लिन लागिएको विद्यालयले जनाएको छ ।
म्याग्दी खोलाभन्दा माथि डाँडामा विद्यालय रहेको हुँदा दिउँसो २ बजेदेखि उच्च वेगमा हावा चल्छ । टहरामुनि परीक्षा सञ्चालन गर्दा हावाहुरीले प्रभाव पार्ने भएकोले दिउँसो १२ बजेभित्रै परीक्षा सम्पन्न गर्ने गरिएको प्रअ बानियाँले जानकारी दिनुभयो ।
“अरु विद्यालयमा विहान ११ बजेदेखि परीक्षा चल्छ । तर हाम्रो ९ बजे नै परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयोे, ‘ दिउँसो २ बजेपछि त टहरामुनि बस्नै सकिँदैन, परीक्षाको कुरा त परै जाओस् ।”
विद्यालयका शिक्षक रामप्रसाद शर्माले समुदायको पहलमा सञ्चालित विद्यालय आगलागीपछि समस्यामा परेको बताउनुभयो । “चैत्र २० गतेदेखि त केही दिन विद्यालय बन्द हुन्छ, तर अर्को शैक्षिकसत्र कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताएको छ”, शिक्षक शर्माले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












