कृषि उत्पादन बढाउने अवधारणा कार्यान्वयनमा आएन
काठमाडौँ, १२ चैत । झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात् एक करोड ७६लाख ६३ हजार कृषि पेसामा संलग्न रहे पनि मुलुकलाई खाद्यान्न अपुग छ ।
विसं २०३५ सालसम्म नेपालबाट धान, चामल, गहुँ, मकैलगायतका अन्नबाली भारततर्फ निकासी हुनेगथ्र्यो । अहिले मासिक रु एक अर्बको चामल आयात गर्ने देशको सूचीमा नेपाल पर्छ ।
मुलुकलाई कृषि प्रधान देश भनिए पनि यस वर्ष रु ४५ अर्ब बराबरको तरकारी,फलफूल , मासुजन्य वस्तु र रु ५५ अर्ब बराबरको चामल, गहुँ, तेल, दाललगायतका वस्तुको आयात गरेको बल्खु तरकारी बजार निर्देशनालयले जनाएको छ ।
कृषि उत्पादनमा वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम हुन्छ । तर, पछिल्लोपटक कृषि उत्पादनमा ह्रास आउन थालेपछि भारतसँगको व्यापार घाटा चुलिएको छ । चालु आबमा भारतसँग नेपालको व्यापार घाटा रु ८ खर्ब पुग्ने नेपाल राष्ट्र बैंकको अनुमान छ ।
राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । छैटौँ कृषि गणना २०६८ ले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको र कृषिबाटै रोजगार गर्न चाहनेका लागि राज्यले सहयोग नगरेको गुनासो गरेको देखाएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्व गभर्नर डा युवराज खतिवडा भूमिहीन, सीमान्तकृत र कृषि मजदुरका हातमा खेतीयोग्य जमिन नहुन्जेल कृषिको उत्पादन बढाउन मुस्किल पर्ने धारणा राख्छन् ।
कृषि गणना, २०६८ अनुसार कृषि मजदुर २० र भूमिहीन सीमान्तकृत वर्ग १५ प्रतिशत रहेको छ । सरकारले पछिल्लोपटक जमिनको चक्लाबन्दी, सामूहिक, करार र सहकारी खेतीको अवधारणा अगाडि सारे पनि त्यसको सफल कार्यान्वयन हुन सकेको छैन ।
कृषि गणना, २०६८ अनुसार एक लाख २९ हजार हेक्टर जमिन बाँझो छ । एक हेक्टर बराबर २० रोपनीका दरले २५ लाख ८० हजार रोपनी जग्गा पूर्णरुपमा बाँझो भएको कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोखरेलले जानकारी दिए ।
तीन रोपनी जग्गामा खेती गर्दा करिब पाँच व्यक्ति पालिन्छन् भने २५ लाख ८० हजार रोपनी जग्गामा खेती गर्दा पाँच लाख १६ हजार व्यक्तिको राम्रो पालनपोषण हुन्छ ।
पढेलेखेका सहर केन्द्रित हुनु र जमिन खनजोत गर्ने समुदायसँग जग्गा नहुनु नै खाद्यान्न अभावको मुख्य कारण रहेको पूर्व मन्त्री केशव बडालको भनाइ छ । सीमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, परम्परागत आकासे खेतीमाथि निर्भर र सिँचाइको अभाव कृषि क्षेत्रका समस्या हुन् ।
कुल गार्हस्थ्य उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको कृषि क्षेत्रलाई आर्थिक समृद्धिको दरिलो आधार मान्न सकिन्छ । दश वर्षमा गहुँ छ, मकै १२, कोदो १९, जौ ३५, फापर ४०, कोसे दाल बालीमा २१, तोरीमा १३ प्रतिशतले उत्पादन घटेको तथ्याङ्क छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












