यौन इच्छा पुरा नहुदाँ डिप्रेसन, त्यसैले…
काठमाडौं । सन् १९९० मा विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार डिप्रेसन चौथो प्रमुख रोग हो । सन् २०२० सम्म डिप्रेसन दोस्रो प्रमुख रोग हुने अनुमान गरिएको छ । वास्तवमा डिप्रेसनको सही पहिचान नहुनु, लुकाउने–छुपाउने प्रवृत्ति तथा डिप्रेसनको उचित उपचार नहुनाले पनि डिप्रेसनको जटिलता थपिएको हो ।
डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुको साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चर्मोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ ।
डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखा पर्न सक्छ । यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । त्यसैले सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिन जरुरी छ । डिप्रेसनको मूल लक्षण भनेको उदासीनता र खिन्नता हो ।
डिप्रेसन पीडित व्यक्तिको मन सधैँ उदास र निराश हुन्छ । कुनै पनि आनन्ददायक घटनाले उसलाई खुशी पार्दैन । डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ । हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्, तर सुःखद घटनासँगै मन पुनः खुसी हुन्छ । तर, डिप्रेसनमा चाहिं यस्तो हुँदै डिप्रेस्ड मानिस उदास, थकित र उत्साहहीन हुन्छन् । उनीहरूमा साथीसंगीहरूसँग हाँससखेल गर्ने या कनुै मनोरञ्जनका काम गर्ने रुचि नै हुँदैन ।
डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हुँदैन । अझ डिप्रेस्ड महिला बढी प्रभावित हुन्छन् । उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउँछ । अनि सेक्स प्रक्रियामा अवरोध देखा पर्छ । उचित उपचार गर्ने हो भने डिप्रेसन बिलकुल ठीक हुन्छ । डिप्रेसन ठीक भयो भने डिप्रेसनका कारण देखापरेका सेक्स समस्या पनि हराउ“छन् । पारिवारिक सम्बन्ध पुनःसुमधुर र प्रेममय हुन्छ । परिवारमा खुसी फर्किन्छ । एउटा उल्लेखनीय कुरा के भने डिप्रेसनले डिप्रेस्ड व्यक्तिको जीवनलाई मात्र प्रभावित गर्दैन । परिवारका सबैलाई पिरोल्छ । डिप्रेसनको उपचारको कुरा गर्दा औषधी ‘एन्टीडिप्रेसेन्ट’ तथा मनोवैज्ञानिक टेक्निकहरू आउँछन् । त्यसो त कतिपय अवस्थामा वैकल्पिक चिकित्सा पनि प्रभावशाली मानिन्छ ।
युरोपतिर खासगरी जर्मनीमा सेन्ट जोन्स वर्ट नामक हर्बल मेडिसिनबाट नै डिप्रेसनको उपचार गर्ने गरिन्छ । डिप्रेसनको उपचारका लागि प्रायः साइकिएट्रिस्टहरूले औषधीलाई जोड दिन्छन् भने साइकोथेरापिस्टहरू कुराकानी ‘साइकोथेरापी’ मा विशेष जोड दिन्छन् । तर, आरुन बेकको कग्निटिभ मोडलका अनुसार डिप्रेसनको प्रमुख कारण भनेको नै मानिसको सोच हो । यस मोडलका अनुसार नकारात्मक र अतार्किक सोचले नै डिप्रेसन पैदा गर्छ । त्यसैले डिप्रेसनको सर्वोत्तम उपचार विधि भनेको नै साइकोथेरापी हो, सिबिटी ‘कग्निटिभ बिह्याभियर थेरापी’ हो । तर, कतिपय अवस्थामा साइकोथेरापीले प्रभावकारी रूपमा काम गरेन भने साइकिएट्रिक औषधी पनि सँगसँगै सेवन गर्नु राम्रो हुन्छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












