क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएपछि समस्या
तेह्रथुम। जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा तेब्बर बढी कैदीबैदी छन् ।
कैदीबैदी बढी हुँदा उनीहरुले सास्तीसमेत भोगिराखेका छन् । पच्चीस जना .क्षमता भएका सो जिल्ला कारागारमा अहिले नौ महिला र दुई बालबालिकासहित ८७ जना कैदी र थुनुवा छन् । यसरी क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राख्नुपर्दा उनीहरुको दैनिकी कष्टकर भएका छन् । शौचालय, भण्डार, भान्सा, आवास र खानेपानीलगायत क्रियाकलापमा उनीहरुले चर्को समस्या झेलिरहनु परेको कारागार प्रमुख उमेश घिमिरेले बताउनुभयो ।
कारागारमा ६९ जना कैदी र १७ जना थुनुवा रहकोपनि उहाँले बताउनुभयो । ‘२०२८ सालमा स्थापना भएको कारागारको भवनसमेत जीर्ण बनेको छ, अझ त्यसमाथि क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएपछि कसरी अटाउने होला ?’ उहाँले भन्नुभयो ।
कारागारको साढे चारदशक पुरानो भवन गतवर्षको भूकम्पले चर्काएको छ । भवन निर्माणका लागि गतवर्ष नै प्रक्रिया अघि बढाउन माग गरिएको भए पनि अहिलेसम्म कुनै प्रयास नभएको कारागार प्रमुख घिमिरेले बताउनुभयो ।
‘यहाँको तथ्यगत विवरण हामीले पठाएका छौँ, निरन्तर रिपोटिङ र आवश्यक कागजात समेत पठाइरहेका छौँ, तर फाइल मन्त्रालयमै अड्किएको छ,’ उहाँले भन्नुभयो । ‘भवन चर्किएको छ, मर्मतको भरमा चलिरहेको भए पनि प्रकोपजन्य घटना घटे ठूलो क्षति पनि हुनसक्छ, प्रमुख घिमिरेले भन्नुभयो ।
‘कैदीबन्दी बढी भएकाले शौचालय, भण्डार, भान्सा, खानेपानी लगायतको समस्या हुन्छ, उहाँले ‘२५ जना अटाउने ठाउँमा ८७ जना बस्नुपर्दा कस्तो होला भनी प्रश्न गर्नुभयो ? ’कारागारको व्यवस्थापनमा पटक/पटक माग गरेपनि अझै सुनुवाइ नभएको प्रमुख धिमिरेले बताउनुभयो ।
जीर्ण र साँघुरो भवनमा जाडोका महिनामा सन्तोषजनक भए पनि गर्मी र बर्खाका महिनामा भने सास्ती हुने गरेका छन् । भवनको जस्तापाता फाटेर जताततैबाट पानी चुहिँदा बर्खाका तीन महिना बाल्टी थापेर सुत्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
अहिले पनि पानी पर्दा पानी चुहिएर बन्दीलाई सुत्ने व्यवस्था मिलाउन समस्या छ । कारागारको भवन निर्माण तथा स्थानान्तरणका लागि पटक÷पटक प्रयास भइरहे पनि गत वैशाख, भदौ र मङ्सिरमा पुनःस्थानान्तरणका लागि लेखापढी गरेर सम्बन्धीत निकायमा पठाएको प्रमुख धिमिरेले बताउनुभयो ।
‘प्रमुख जिल्ला अधिकारीदेखि क्षेत्रीय प्रशासक, विभागका प्रमुख सबैलाई समस्या सुनाएको छु, उहाँले भन्नुभयोे, ‘कति पटक मानवअधिकारकर्मीले पनि कारागार स्थलगत निरीक्षण गरेर फर्केका छन् तर यहाँको अवस्था जस्ताको त्यस्तै छ ।’
तत्कालीन प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको अगुवाइमा कारागार व्यवस्थापनका लागि म्याङलुङको खाद्य गोदाम आसपासको ९ रोपनी जग्गा दिइने सिफारिस गरिएको छ । तर अहिलेसम्म कुनै प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












