नरायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द
चितवन । निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ ।
सडक निर्माण कार्यलाई तीव्रता दिन आजदेखि सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पु¥याइएको हो । यसअघि दैनिक साँढे चार घन्टा मात्रै सडक बन्द हुँदै आएको थियो ।
नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले आजदेखि बिहान १० बजेबाट अपरान्ह्र ४ बजेसम्म सडक बन्द गरेर काम थालिएको जानकारी दिनुभयो । उहाँले निमार्णकार्य तीव्ररुपमा अघि बढाउनुपर्ने भएकाले समय बढाउनु परेको बताउनुभयो ।
आयोजनाले सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न समेत अपिल गरेको छ । यसअघि उक्त सडकखण्ड बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुँदै आएको थियो ।
आगामी वैशाखसम्ममा उक्त सडकको निर्माणकार्य सकिनुपर्नेमा काम ५० प्रतिशत पनि हुनसकेको छैन । जसका कारण अहिले झन्डै ९ महिना समय थप भएको खनालले जानकारी दिनुभयो ।
उक्त सडक कुल ३४ किलोमिटरको छ । तीन वटा ब्लकमा छुट्याएर ६ वटा कम्पनीले यहाँ निर्माणको काम गरिरहेका छन् । उक्त सडक भएर दैनिक झन्डै १० हजार सवारी आवागमन हुन्छन् । चितवन प्रहरीका अनुसार गाडी आवतजावतका लागि सहजीकरण गर्न विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको जनाइएको छ । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












