नरायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घन्टा बन्द
चितवन । निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ ।
सडक निर्माण कार्यलाई तीव्रता दिन आजदेखि सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पु¥याइएको हो । यसअघि दैनिक साँढे चार घन्टा मात्रै सडक बन्द हुँदै आएको थियो ।
नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले आजदेखि बिहान १० बजेबाट अपरान्ह्र ४ बजेसम्म सडक बन्द गरेर काम थालिएको जानकारी दिनुभयो । उहाँले निमार्णकार्य तीव्ररुपमा अघि बढाउनुपर्ने भएकाले समय बढाउनु परेको बताउनुभयो ।
आयोजनाले सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न समेत अपिल गरेको छ । यसअघि उक्त सडकखण्ड बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुँदै आएको थियो ।
आगामी वैशाखसम्ममा उक्त सडकको निर्माणकार्य सकिनुपर्नेमा काम ५० प्रतिशत पनि हुनसकेको छैन । जसका कारण अहिले झन्डै ९ महिना समय थप भएको खनालले जानकारी दिनुभयो ।
उक्त सडक कुल ३४ किलोमिटरको छ । तीन वटा ब्लकमा छुट्याएर ६ वटा कम्पनीले यहाँ निर्माणको काम गरिरहेका छन् । उक्त सडक भएर दैनिक झन्डै १० हजार सवारी आवागमन हुन्छन् । चितवन प्रहरीका अनुसार गाडी आवतजावतका लागि सहजीकरण गर्न विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको जनाइएको छ । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












