एसएलसी बोर्ड र फोर्ब्स अर्बपतिबीच फरक
सएसएलसी बोर्डको पाँचौ स्थानमा आफनो नाम गोरखापत्रमा छापिदा जति खुसी भएका थिए, चार वर्षअघि फोब्र्स पत्रिकामा अर्बपति सूचीमा आफ्नो नाम आउँदा खुसी नहुने कुरै थिएन । तर , तीनै दुई खुसीलाई तुलना गर्दा खुसीमाथि अन्याय हुने विनोद चौधरी बताउँछन् ।
एसएलसीमा पाएको त्यो सफलताले जिन्दगि नै सफलतातिर मोडिएको जस्तो भएको थियो ।
फोब्र्सको अर्बपति सूचीमा पर्दा व्यापरिक सफलताको उचाइमा पुगेको अनुभव दिलाइको थियो । दुबै सफलता पाउँदाका केही क्षण मिल्दाजुल्दा थिए । दुवैमा आशा थियो, तर पूरै ढुक्क भने थिएन । एसएलसी परीक्षामा राम्रो गरेका थिए , पास हुने कुरामा शँका थिएन । तैपनि बोर्डमा पाँचौ स्थानमा ‘सरप्राइज’ थियो ।
पहिलोचोटि फोब्र्सको अर्बपति सूचिमा पनि त्यस्तै भैदियो । फोब्र्सले अडिट गरिरहेको थाहा थियो । तर , अर्बपति सूचिमा सामेल गर्न लायक ठान्छ \ ठान्दैन ढुक्क हुने अवस्था थिएन । कौतुहलका बीच पाएको सफलता भएकाले दुवै खबरले असिम खुसी दिएको थियो ।
लगातार फोब्र्समा अटाउन थालेपछि पहिलाजस्तो कौतुहलता रहेन , कौतुहलता कम भएपछि त्यसले दिने खुसीको मात्रा पनि स्वतःघट्छ । तैपनि पाँचौचोटि फोब्र्सको अर्बपति सूचिमा अटाउँदा उनी एकदम खुसी नहुने कारण छैन । किनकी सगरमाथाको चुचुरोमा पुग्न गाह्रो छ । उनी अथ्र्याउँछन् ‘त्यहाँ पुगेपछि टिकीरहन झन् गाह्रो छ । फोब्र्सको सूचीमा टिकिरहन नेपालजस्तो पिछडिएको मुलुकका धनाढ्यलाई झनै चुनौतीपूर्ण छ ।
यसपालि नै फोब्र्सले थप एक सय ९५ नवधनाढ्य अनुहारको पहिचान ग¥यो , चिनबाट मात्र७३ जना नयाँ अनुहार अर्बपति क्लबमा थपिए । चीनक उद्यमी जसका लागि उसको सरकार नै सँरक्षक बनिदिएको हुन्छ । विदेशमा लगानी गर्ने चिनियालाई एक प्रतिशत ब्याजदरमा ऋण सुविधा दिलाउने सुविधा सरकारले दिएको छ । विदेशमा सफल हुन सरकारले हौस्याउँछ । उत्पादन लागत यति कम छ कि विश्व बजारमा आफ्नो उत्पादनको बजार विस्तार गर्न कहाँ हो कहाँ सजिलो हुन्छ ।
हामिकहाँ यसले कमाएछ , कसरी ठीक पार्ने होला भनेर सोच्ने टन्नै हुन्छन् । १० प्रतिशत बजारमा ऋण लिनुपर्ने हुन्छ । ‘ अनि त उनीहरुसँग खेल्ने मैदान नै समान भएन नी ’ उनी थप्छन् , ‘सरकारको महँगो स्कुलमा पढेकासँग गाउँको सामुदायिक स्कुलमा पढेर आएकाले प्रतिस्पर्धा गरेजस्तै हुने भयो । ’ चीनमा अर्बपति उत्पादन गर्न सरकारले सघाइरहेको छ । हामीकहाँ सरकार नलागोस् भनेर रामनाम जप्नुपर्ने अवस्था सकिइसकेको छैन । नेपालीलाई विदेशका लगानी गर्न छुट दिने कानेनको मस्यौदा पटकपटक बन्यो तर ऐन बन्न सकेको छैन ।
पहिला सरकार मान्दैन सरकार माने बाहिरकाले भाँडिदिन्छन् । गत वर्षकोकुरा हो , नेपाली रुयैयाँ डलरसँग कमजोर हुँदा चौधरीको सम्पत्ति १.३ अर्ब डलरबाट घटेर १.१ अर्ब डलरमा झ¥यो । मेहनत पनि टन्नै गरेको थिए , ग्रोथ पनि राम्रै भएथ्यो । तर ,रुयैयाँ यसरी कमजोर भैदियो । सम्पत्ति घटेको देखियो । , यसपालि उनको सम्पत्ति पुनः २० अर्ब रुपैयाँ बढेको छ ।
अन्नपूर्णपोष्टबाट
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












