विकराल बन्दै खानेपानी समस्या
बैतडी । गर्मीयाम सुरु भएसँगै बैतडीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका–२ सलेना–६ मेलौलीमालगायतका क्षेत्रमा खानेपानीको समस्या भएको हो ।
मुहानको पानी घट्दै जान थालेपछि खानेपानीको समस्या भएको स्थानीय मधु भट्टले बताउनुभयो । पुरानो खानेपानी आयोजना मर्मत सम्भार नहँुदा र जनसङ्ख्या वृद्धि हँुदा समस्या भएको छ उहाँले भन्नुभयो “खानेपानी नहँुदा पानीकै लागि एक घन्टा टाढा जानुपर्ने भएको छ” खानेपानीका लागि टाढा जानुपर्छ त्यो पनि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको समेत उहाँले बताउनुभयो ।
दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट तीन दशकअघि बनाएको खानेपानी आयोजना जीर्ण बन्दा समस्या खानेपानीको समस्या भएको हो । मेलौली बजारमा खानेपानीको समस्या भएपछि जिप, घोडा खच्चरमा पानी बोकाउनुपर्ने बाध्यता रहेको स्थानीय सुरत पार्कीले बताउनुभयो । उहाँले भन्नुभयो “नजिक खानेपानीको मुहान नहुँदा टाढाबाट बोकाउनुपर्ने भएको छ” विशेष गरेर होटल सञ्चालकलाई खानेपानीको समस्या हुने गरेको छ ।
दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट मेलौलीमा खानेपानी लगेको भए पनि बेलाबेलामा मर्मत सम्भार नहँुदा समस्या हुने गरेको छ । यस्तै मेलौलीकै–२ सलेनामा खानेपानीको चरम समस्या भएको छ । सुक्खायाम सुरु भएसँगै आफूहरुले पानीका लागि एक घन्टाको पैदल दूरीबाट पानी ल्याउनुपरेको सलेना इन्दिरा चन्दले बताउनुभयो ।
हो”
अहिले खानेपानीका लागि एक घन्टाको दूरीमा रहेको कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय दीपा जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “गाउँका कुवामा समेत पानी सुकेपछि खानेपानीको समस्या भएको छ” पानीको अभावमा शौचालय प्रयोग गर्न समेत समस्या भएको सलेना स्वास्थ्यचौकीका इन्चार्ज नारायण चन्दले बताउनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












