विकराल बन्दै खानेपानी समस्या
बैतडी । गर्मीयाम सुरु भएसँगै बैतडीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका–२ सलेना–६ मेलौलीमालगायतका क्षेत्रमा खानेपानीको समस्या भएको हो ।
मुहानको पानी घट्दै जान थालेपछि खानेपानीको समस्या भएको स्थानीय मधु भट्टले बताउनुभयो । पुरानो खानेपानी आयोजना मर्मत सम्भार नहँुदा र जनसङ्ख्या वृद्धि हँुदा समस्या भएको छ उहाँले भन्नुभयो “खानेपानी नहँुदा पानीकै लागि एक घन्टा टाढा जानुपर्ने भएको छ” खानेपानीका लागि टाढा जानुपर्छ त्यो पनि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको समेत उहाँले बताउनुभयो ।
दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट तीन दशकअघि बनाएको खानेपानी आयोजना जीर्ण बन्दा समस्या खानेपानीको समस्या भएको हो । मेलौली बजारमा खानेपानीको समस्या भएपछि जिप, घोडा खच्चरमा पानी बोकाउनुपर्ने बाध्यता रहेको स्थानीय सुरत पार्कीले बताउनुभयो । उहाँले भन्नुभयो “नजिक खानेपानीको मुहान नहुँदा टाढाबाट बोकाउनुपर्ने भएको छ” विशेष गरेर होटल सञ्चालकलाई खानेपानीको समस्या हुने गरेको छ ।
दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट मेलौलीमा खानेपानी लगेको भए पनि बेलाबेलामा मर्मत सम्भार नहँुदा समस्या हुने गरेको छ । यस्तै मेलौलीकै–२ सलेनामा खानेपानीको चरम समस्या भएको छ । सुक्खायाम सुरु भएसँगै आफूहरुले पानीका लागि एक घन्टाको पैदल दूरीबाट पानी ल्याउनुपरेको सलेना इन्दिरा चन्दले बताउनुभयो ।
हो”
अहिले खानेपानीका लागि एक घन्टाको दूरीमा रहेको कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय दीपा जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “गाउँका कुवामा समेत पानी सुकेपछि खानेपानीको समस्या भएको छ” पानीको अभावमा शौचालय प्रयोग गर्न समेत समस्या भएको सलेना स्वास्थ्यचौकीका इन्चार्ज नारायण चन्दले बताउनुभयो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












