पेस्तोल देखाएर लुट्ने प्रहरीसहित ६ पक्राउ
काठमाडौं । लुटपाटमा संलग्न एक प्रहरी जवानसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा नुवाकोट खरानीटारमा दरबन्दी भई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय गुरूङ पनि छन् ।
पक्राउ पर्ने अन्य डान्स बारमा काम गर्ने, टुरिस्ट गाइड, बाउन्सर, सवारी चालक रहेको खुलेको छ । प्रहरीका अनुसार लुटपाटमा संलग्न रहेको आशंका गरिएका अन्य तीनजना फरार छन् ।
शनिबार सोह्रखुट्टेबाट पक्राउ पर्नेहरुको साथबाट ५९ तोला ९८ लाल सुनका गरगहना, नगद एक लाख २५ हजार र ६ थान मोबाइल बरामद भएको छ ।
घटनाको २४ घण्टा बित्न नपाउँदै ती सामान बेच्ने तयारी गरिरहँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुले मरुहिटीबाट सुनका गहरगहना र नगद लुटेका महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।
काभ्रे बिर्ता देउरालीका २२ वर्षीय सुभाष खरेल पेसाले टुरिस्ट गाइड थिए भने पक्राउ परेका अर्का धादिङ छत्रेदेउरालीका ३३ वर्षीय राजकुमार तामाङ सवारी चालक हुन् । डान्सबारमा काम गर्ने देव भनिने काभ्रे नमोबुद्धका २१ वर्षीय सुन्दर तामाङ पनि घटनामा संलग्न थिए । बाउन्सर काम गर्ने १९ वर्षीय पाल्देन भनिने क्षितिज तामाङ र २८ वर्षीय लाप्साङ लामा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरी वृत्त लैनचौरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार बलबहादुर मगर र २८ वर्षीय प्रहरी जवान नविन ढकाल फरार छन् । धादिङ छत्रेदेउरालीका ३२ वर्षीय हर्कबहादुर तामाङ पनि फरार छन् ।
शुक्रबार बेलुकी करिब ७ बजेको समयमा काठमाडौं महानगरपालिका–१९ मरुहिटीमा प्रेमरत्न शाक्यको घरको पहिलो तलामा भारतका शिव माइतीले सञ्चालन गरेको सुन कारखानामा उनीहरूले लुटपाट गरेका थिए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












