पेस्तोल देखाएर लुट्ने प्रहरीसहित ६ पक्राउ
काठमाडौं । लुटपाटमा संलग्न एक प्रहरी जवानसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा नुवाकोट खरानीटारमा दरबन्दी भई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय गुरूङ पनि छन् ।
पक्राउ पर्ने अन्य डान्स बारमा काम गर्ने, टुरिस्ट गाइड, बाउन्सर, सवारी चालक रहेको खुलेको छ । प्रहरीका अनुसार लुटपाटमा संलग्न रहेको आशंका गरिएका अन्य तीनजना फरार छन् ।
शनिबार सोह्रखुट्टेबाट पक्राउ पर्नेहरुको साथबाट ५९ तोला ९८ लाल सुनका गरगहना, नगद एक लाख २५ हजार र ६ थान मोबाइल बरामद भएको छ ।
घटनाको २४ घण्टा बित्न नपाउँदै ती सामान बेच्ने तयारी गरिरहँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुले मरुहिटीबाट सुनका गहरगहना र नगद लुटेका महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।
काभ्रे बिर्ता देउरालीका २२ वर्षीय सुभाष खरेल पेसाले टुरिस्ट गाइड थिए भने पक्राउ परेका अर्का धादिङ छत्रेदेउरालीका ३३ वर्षीय राजकुमार तामाङ सवारी चालक हुन् । डान्सबारमा काम गर्ने देव भनिने काभ्रे नमोबुद्धका २१ वर्षीय सुन्दर तामाङ पनि घटनामा संलग्न थिए । बाउन्सर काम गर्ने १९ वर्षीय पाल्देन भनिने क्षितिज तामाङ र २८ वर्षीय लाप्साङ लामा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरी वृत्त लैनचौरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार बलबहादुर मगर र २८ वर्षीय प्रहरी जवान नविन ढकाल फरार छन् । धादिङ छत्रेदेउरालीका ३२ वर्षीय हर्कबहादुर तामाङ पनि फरार छन् ।
शुक्रबार बेलुकी करिब ७ बजेको समयमा काठमाडौं महानगरपालिका–१९ मरुहिटीमा प्रेमरत्न शाक्यको घरको पहिलो तलामा भारतका शिव माइतीले सञ्चालन गरेको सुन कारखानामा उनीहरूले लुटपाट गरेका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












