धातु मूर्तिकलामा बुट्टा भर्न सिपालु शाक्यको निधन
ललितपुर, २७ चैत । वरिष्ठ परम्परागत मूर्तिकार भीम शाक्यको ८६ वर्षका उमेरमा शनिबार आफ्नै निवास पाटनमा बिहान निधन भएको छ ।
विसं १९९० मा जन्मनुभएका शाक्य छ दशकभन्दा लामो समय निरन्तर मूर्तिकलामा हुनुहुन्थ्यो ।
पन्ध्र वर्षका उमेरमा तिब्बत जानुभएका शाक्यले त्यहाँ आठ वर्ष बिताउनुभएको थियो । उहाँ कलाकर्मका साथै तिब्बतमा भिक्षुसमेत हुनुभयो ।
लामो समय नेपाली परम्परागत मूर्तिकलामा लागेर शाक्यले नेपाली मौलिक कलाको इतिहासलाई जगेर्ना गर्ने काम गरेको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।
धातु मूर्तिकलामा बुट्टा भर्न विशेष दखल राख्ने शाक्यले सयौंँ मूर्तिकला सिर्जना गर्नुभएको छ । मूर्तिमा बुट्टा तथा रङ भर्ने काममा सक्रिय शाक्यले शुक्रबार बेलुकासम्म काम गरेको युवा मूर्तिकार राजन शाक्यले बताउनुभयो ।
गत बुधबारसम्म १५–२० व्यक्तिलाई मूर्तिकलाका बारेमा आफ्नै निवासमा शाक्यले प्रशिक्षण दिएको बताउँदै अर्का कलाकार प्रदीप शाक्य भन्नुहुन्छ, “उहाँले एकदम सक्रिय रुपमा प्रशिक्षार्थीलाई आफ्नो ज्ञान दिनुभएको थियो ।” नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै वरिष्ठ पौभा कलाकार लोक चित्रकार भन्नुहुन्छ, “नेपाली कलामा लामो समयदेखि सक्रिय कलाकारको निधनबाट राष्ट्रकै लागि क्षति पुगेको छ ।”
भीम शाक्यलाई राज्यले उचित सम्मान दिन नसकेको बताउँदै राकेश अवालेले भन्नुभयो,“राष्ट्रका लागि वहाँको योगदान अतुलनीय रहेको छ । वहाँ जस्ता मूर्धन्य व्यक्तित्वको अभाव नेपाली कला क्षेत्रमा लामो समयसम्म रहिरहने छ ।”
शाक्यलाई नेपाल हस्तकला महासङ्घले दुई पटक सम्मान गरेको छ । नेपाल ललितकला संस्था (नाफा), पाटन सङ्ग्रहालय, ललितपुर उद्योग सङ्घलगायत एक दर्जन बढी सङ्घसंस्थाले शाक्यलाई सम्मान गरेको उहाँका भान्जा फल्समान शाक्यले जानकारी दिनुभयो । भान्जा फल्समानले मामालाई २० वर्षदेखि निरन्तर सहयोग गर्दै आउनुभएको थियो । शाक्यकी श्रीमती हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...












