धातु मूर्तिकलामा बुट्टा भर्न सिपालु शाक्यको निधन
ललितपुर, २७ चैत । वरिष्ठ परम्परागत मूर्तिकार भीम शाक्यको ८६ वर्षका उमेरमा शनिबार आफ्नै निवास पाटनमा बिहान निधन भएको छ ।
विसं १९९० मा जन्मनुभएका शाक्य छ दशकभन्दा लामो समय निरन्तर मूर्तिकलामा हुनुहुन्थ्यो ।
पन्ध्र वर्षका उमेरमा तिब्बत जानुभएका शाक्यले त्यहाँ आठ वर्ष बिताउनुभएको थियो । उहाँ कलाकर्मका साथै तिब्बतमा भिक्षुसमेत हुनुभयो ।
लामो समय नेपाली परम्परागत मूर्तिकलामा लागेर शाक्यले नेपाली मौलिक कलाको इतिहासलाई जगेर्ना गर्ने काम गरेको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।
धातु मूर्तिकलामा बुट्टा भर्न विशेष दखल राख्ने शाक्यले सयौंँ मूर्तिकला सिर्जना गर्नुभएको छ । मूर्तिमा बुट्टा तथा रङ भर्ने काममा सक्रिय शाक्यले शुक्रबार बेलुकासम्म काम गरेको युवा मूर्तिकार राजन शाक्यले बताउनुभयो ।
गत बुधबारसम्म १५–२० व्यक्तिलाई मूर्तिकलाका बारेमा आफ्नै निवासमा शाक्यले प्रशिक्षण दिएको बताउँदै अर्का कलाकार प्रदीप शाक्य भन्नुहुन्छ, “उहाँले एकदम सक्रिय रुपमा प्रशिक्षार्थीलाई आफ्नो ज्ञान दिनुभएको थियो ।” नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै वरिष्ठ पौभा कलाकार लोक चित्रकार भन्नुहुन्छ, “नेपाली कलामा लामो समयदेखि सक्रिय कलाकारको निधनबाट राष्ट्रकै लागि क्षति पुगेको छ ।”
भीम शाक्यलाई राज्यले उचित सम्मान दिन नसकेको बताउँदै राकेश अवालेले भन्नुभयो,“राष्ट्रका लागि वहाँको योगदान अतुलनीय रहेको छ । वहाँ जस्ता मूर्धन्य व्यक्तित्वको अभाव नेपाली कला क्षेत्रमा लामो समयसम्म रहिरहने छ ।”
शाक्यलाई नेपाल हस्तकला महासङ्घले दुई पटक सम्मान गरेको छ । नेपाल ललितकला संस्था (नाफा), पाटन सङ्ग्रहालय, ललितपुर उद्योग सङ्घलगायत एक दर्जन बढी सङ्घसंस्थाले शाक्यलाई सम्मान गरेको उहाँका भान्जा फल्समान शाक्यले जानकारी दिनुभयो । भान्जा फल्समानले मामालाई २० वर्षदेखि निरन्तर सहयोग गर्दै आउनुभएको थियो । शाक्यकी श्रीमती हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
काठमाडौं । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य...
-
आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
काठमाडौं । लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् । लहानबाट...
-
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसु भएको...
-
पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको...
-
बालगायक सचिन परियारको निधन
काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १०...
-
जापानमा नेपाली पुस्तकालय स्थापना
काठमाडौं । विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाल पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच...
-
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै
काठमाडौं । घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको...
-
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै
काठमाडौं । घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको...
-
आजको राशिफल: २०८१ साल पुष १८ गते बिहीबार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा दाजुभाईसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपार्ईँको पक्षमा रहेकोछैन । खेलकुद तथा...