‘ल्यान्डफिल साइट’ योजना कार्यान्वयनमा समस्या
म्याग्दी, ३१ चैत । बेनी बजारको फोहर व्यवस्थापन गर्ने ‘ल्यान्डफिल साइट’ निर्माण योजना कार्यान्वयनमा आउन सकेको छैन ।
बजेटको व्यवस्था भए पनि स्थान पहिचान नहुँदा ल्यान्डफिल साइट बन्न नसकेको हो । बेनी नगरपालिका कार्यालयले चालु आवमा रु ५८ लाख बजेट विनियोजन गरे पनि हालसम्म ठाउँ पहिचान हुनसकेको छैन ।
स्थान पहिचान गर्न गरिएको पहल सफल नहुँदा योजना कार्यान्वयनमा समस्या देखिएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो ।
नगरपालिकाले बेनपा–१ मा पर्ने आनन्दबगर र ९ नम्बरमा पर्ने काउलेगौडा क्षेत्रमा डम्पिङ साइट बनाउन प्रस्ताव गरेको थियो । आनन्दबगर नजिकको पाखोमा स्थानीय बासिन्दाको सहमति जुट्न नसकेको र काउलेगौडा नजिकैको क्षेत्र टाढा भएको इन्जिनियर कार्कीले बताउनुभयो ।
स्थान पहिचान गर्न नसके बजेट खर्च हुन नसक्ने र योजना फिर्ता हुने खतरा देखिएको छ । वैकल्पिक ठाउँको पनि अध्ययन भइरहेको इन्जिनियर कार्कीले बताउनुभयो ।
एक दशकअघि थालिएको जग्गाको पहिचान गर्ने कार्यले सार्थकता नपाउँदा बेनी बजारको फोहर बेनी गलेश्वर सडकको रातो पहिरोस्थित कालीगण्डकी नदी किनारमा फाल्ने कार्यले निरन्तरता पाइरहेको छ ।
नदीमा फोहर नफाल्न र ल्यान्डफिल साइटको खोजी गर्न अदालतले जारी गरेको निर्देशनात्मक निषेधाज्ञा आदेशको समेत सरकारी निकायबाट पालना भएको छैन ।
तीव्ररुपमा बजारीकरण भइरहेको बेनी बजारमा फोहर व्यवस्थापन प्रमुख चुनौती बने पनि सरोकारवालाको बेवास्ता, जिम्मेवारी बोधको कमी र ढिलासुस्तीका कारण फोहर व्यवस्थापन गर्ने ठाउँ पहिचान हुन नसकेको हो । अन्य ठाउँ पहिचान हुन नसके अहिले फोहर फाल्दै आएको ठाउँलाई व्यवस्थित गर्ने विकल्प नगरपालिकासँग रहेको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












