‘ल्यान्डफिल साइट’ योजना कार्यान्वयनमा समस्या
म्याग्दी, ३१ चैत । बेनी बजारको फोहर व्यवस्थापन गर्ने ‘ल्यान्डफिल साइट’ निर्माण योजना कार्यान्वयनमा आउन सकेको छैन ।
बजेटको व्यवस्था भए पनि स्थान पहिचान नहुँदा ल्यान्डफिल साइट बन्न नसकेको हो । बेनी नगरपालिका कार्यालयले चालु आवमा रु ५८ लाख बजेट विनियोजन गरे पनि हालसम्म ठाउँ पहिचान हुनसकेको छैन ।
स्थान पहिचान गर्न गरिएको पहल सफल नहुँदा योजना कार्यान्वयनमा समस्या देखिएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो ।
नगरपालिकाले बेनपा–१ मा पर्ने आनन्दबगर र ९ नम्बरमा पर्ने काउलेगौडा क्षेत्रमा डम्पिङ साइट बनाउन प्रस्ताव गरेको थियो । आनन्दबगर नजिकको पाखोमा स्थानीय बासिन्दाको सहमति जुट्न नसकेको र काउलेगौडा नजिकैको क्षेत्र टाढा भएको इन्जिनियर कार्कीले बताउनुभयो ।
स्थान पहिचान गर्न नसके बजेट खर्च हुन नसक्ने र योजना फिर्ता हुने खतरा देखिएको छ । वैकल्पिक ठाउँको पनि अध्ययन भइरहेको इन्जिनियर कार्कीले बताउनुभयो ।
एक दशकअघि थालिएको जग्गाको पहिचान गर्ने कार्यले सार्थकता नपाउँदा बेनी बजारको फोहर बेनी गलेश्वर सडकको रातो पहिरोस्थित कालीगण्डकी नदी किनारमा फाल्ने कार्यले निरन्तरता पाइरहेको छ ।
नदीमा फोहर नफाल्न र ल्यान्डफिल साइटको खोजी गर्न अदालतले जारी गरेको निर्देशनात्मक निषेधाज्ञा आदेशको समेत सरकारी निकायबाट पालना भएको छैन ।
तीव्ररुपमा बजारीकरण भइरहेको बेनी बजारमा फोहर व्यवस्थापन प्रमुख चुनौती बने पनि सरोकारवालाको बेवास्ता, जिम्मेवारी बोधको कमी र ढिलासुस्तीका कारण फोहर व्यवस्थापन गर्ने ठाउँ पहिचान हुन नसकेको हो । अन्य ठाउँ पहिचान हुन नसके अहिले फोहर फाल्दै आएको ठाउँलाई व्यवस्थित गर्ने विकल्प नगरपालिकासँग रहेको छ । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












