सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने
सोलुखुम्बु, ३१ चैत । सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थिया,े तर त्यहाँ पनि फोहोरको मात्रा बढेपछि अहिले डम्पिङ साइड लोबुचे छेउमा सारिएको छ । त्यहाँ पनि समस्या बढ्न थालेपछि सो मलमूत्रबाट खाना पकाउने ग्यास उत्पादन गर्ने विकल्प खोजिएको एसपीसीसीका अध्यक्ष आङ दोर्जी शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाकाअनुसार समस्या समाधानका लागि समितिले सियाटल विश्वविद्यालय (अमेरिका) र काठमाडौँ विश्वविद्यालय (केयू) को सहकार्यमा सगरमाथा बायोग्यास परियोजनाको नामबाट अनुसन्धान गरेको थियो । अध्ययनले सगरमाथा क्षेत्रको मानव मलमूत्रलाई ग्यासमा परिवर्तन गर्न सकिने देखाएको छ । त्यही परियोजनाको विस्तारित रुपमा बायोग्यास प्लान्ट बनाउन लागिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
सगरमाथा आधारशिविरबाट सङ्कलन गरिएको मानव मलमूत्रको नमुना १० महिनासम्म केयूको वातावारण विज्ञान प्रयोगशालामा राखेर अध्ययन गरिएको थियो ।
सन् २०१६ मा सकिएको अध्ययनमा मानव मलमूत्रबाट न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा बायोग्यास उत्पादन गर्न सकिने निष्कर्ष निस्किएको हो । न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा एम मिलिलिटर मानव मलमूत्रबाट एक दिनमा १५ मिलिलिटर ग्यास निस्कने अध्ययनले देखाएको छ । जसमा मिथेनको मात्रा १० मिलिलिटर छ ।
केयूमा भएको अनुसन्धान सफल भएपछि गोरकशेप क्षेत्रमा बायोग्यास प्लान्ट बनाउन थालिएको छ । तीन हजार ७९० मिटर उचाईमा रहेको सोलुखुम्बुकै खुम्जुङमा बायो सेक्टर पार्टनरसिप नेपालले यसअघि नै बायोग्यास प्लान्ट बनाएको छ । तापक्रम शून्यभन्दा तल पुग्ने हिमाली क्षेत्रमा बायोग्यास प्लान्टको डाइजेष्टर तताउन ग्रीनहाउस पनि बनाउनुपर्छ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधारशिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहोर फर्काउने गरेका छन् । आधारशिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ ।
ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङ्गमार शेर्पा बताउनुहुन्छ ।
समस्या बन्दै गएको सगरमाथा आधारशिविरको मानव मलमूत्रबाट ग्यास निकाल्न थालिएपछि गोरपशेपका तथा लबुचे मलमूत्रको समस्यासँगै खाना पकाउने इन्धनको समस्या पनि हट्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले बताएको छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












