सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने
सोलुखुम्बु, ३१ चैत । सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थिया,े तर त्यहाँ पनि फोहोरको मात्रा बढेपछि अहिले डम्पिङ साइड लोबुचे छेउमा सारिएको छ । त्यहाँ पनि समस्या बढ्न थालेपछि सो मलमूत्रबाट खाना पकाउने ग्यास उत्पादन गर्ने विकल्प खोजिएको एसपीसीसीका अध्यक्ष आङ दोर्जी शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाकाअनुसार समस्या समाधानका लागि समितिले सियाटल विश्वविद्यालय (अमेरिका) र काठमाडौँ विश्वविद्यालय (केयू) को सहकार्यमा सगरमाथा बायोग्यास परियोजनाको नामबाट अनुसन्धान गरेको थियो । अध्ययनले सगरमाथा क्षेत्रको मानव मलमूत्रलाई ग्यासमा परिवर्तन गर्न सकिने देखाएको छ । त्यही परियोजनाको विस्तारित रुपमा बायोग्यास प्लान्ट बनाउन लागिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
सगरमाथा आधारशिविरबाट सङ्कलन गरिएको मानव मलमूत्रको नमुना १० महिनासम्म केयूको वातावारण विज्ञान प्रयोगशालामा राखेर अध्ययन गरिएको थियो ।
सन् २०१६ मा सकिएको अध्ययनमा मानव मलमूत्रबाट न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा बायोग्यास उत्पादन गर्न सकिने निष्कर्ष निस्किएको हो । न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा एम मिलिलिटर मानव मलमूत्रबाट एक दिनमा १५ मिलिलिटर ग्यास निस्कने अध्ययनले देखाएको छ । जसमा मिथेनको मात्रा १० मिलिलिटर छ ।
केयूमा भएको अनुसन्धान सफल भएपछि गोरकशेप क्षेत्रमा बायोग्यास प्लान्ट बनाउन थालिएको छ । तीन हजार ७९० मिटर उचाईमा रहेको सोलुखुम्बुकै खुम्जुङमा बायो सेक्टर पार्टनरसिप नेपालले यसअघि नै बायोग्यास प्लान्ट बनाएको छ । तापक्रम शून्यभन्दा तल पुग्ने हिमाली क्षेत्रमा बायोग्यास प्लान्टको डाइजेष्टर तताउन ग्रीनहाउस पनि बनाउनुपर्छ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधारशिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहोर फर्काउने गरेका छन् । आधारशिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ ।
ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङ्गमार शेर्पा बताउनुहुन्छ ।
समस्या बन्दै गएको सगरमाथा आधारशिविरको मानव मलमूत्रबाट ग्यास निकाल्न थालिएपछि गोरपशेपका तथा लबुचे मलमूत्रको समस्यासँगै खाना पकाउने इन्धनको समस्या पनि हट्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले बताएको छ । रासस
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...












