छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
नवलपरासी, ४ वैशाख । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ग२च २६ ५४ नंको पिकअप भ्यानले खाना खान रोकेको ना५ख ३८३६ नंको बसका सहचालक सुर्खेत पिपराका अन्दाजी १८ वर्षीय महेन्द्र बुढालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गएराति भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
यस्तै गएराति गैँडाकोट–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
ना२०प ४२५१ नंको मोटरसाइकलले साइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय रविलाल पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा आज बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल, पिकअप भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस
त्यस्तै बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ जुगेपानीमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
काठमाडौँबाट बुर्तिबाङतर्फ जाँदै गरेको ना६ख ३०६० नंको रात्रि बस आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते बुङ्गादोभानका ४८ वर्षीय जितबहादुर खड्का, बुर्तिबाङका ५० वर्षीया तिलदेवी छन्त्याल, बुङ्गादोभानकै ५५ वर्षीया जोमसरा बुढा र बुर्तिबाङ, रिठाबोटका ४३ वर्षीया लीला बिसीको धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचार भइरहेको छ ।
घाइतेहरुको मुख, ढाडलगायतका अङ्गमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल खड्काले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












