छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
नवलपरासी, ४ वैशाख । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ग२च २६ ५४ नंको पिकअप भ्यानले खाना खान रोकेको ना५ख ३८३६ नंको बसका सहचालक सुर्खेत पिपराका अन्दाजी १८ वर्षीय महेन्द्र बुढालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गएराति भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
यस्तै गएराति गैँडाकोट–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
ना२०प ४२५१ नंको मोटरसाइकलले साइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय रविलाल पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा आज बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल, पिकअप भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस
त्यस्तै बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ जुगेपानीमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
काठमाडौँबाट बुर्तिबाङतर्फ जाँदै गरेको ना६ख ३०६० नंको रात्रि बस आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते बुङ्गादोभानका ४८ वर्षीय जितबहादुर खड्का, बुर्तिबाङका ५० वर्षीया तिलदेवी छन्त्याल, बुङ्गादोभानकै ५५ वर्षीया जोमसरा बुढा र बुर्तिबाङ, रिठाबोटका ४३ वर्षीया लीला बिसीको धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचार भइरहेको छ ।
घाइतेहरुको मुख, ढाडलगायतका अङ्गमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल खड्काले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












