वर्षौंदेखि दैनिक एक गाग्री पानीको भरमा गाउँले
धुलिखेल, ६ वैशाख । खानेपानीको अभावका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, झिङ्गनपुरका स्थानीय बासिन्दा वर्षाैंदेखि दैनिक एक गाग्री खानेपानीको भरमा जीवन निर्वाह गर्दै आइरहेका छन् । गाउँभरि नै खानेपानीको अभाव रहेका कारण गाउँको बीचमा रहेको एउटा इनारबाट निस्केको पानी बाँडेर जीवन गुजार्दै आइरहेको उनीहरु बताउँछन् ।
स्थानीयवासी पार्वती श्रेष्ठ भन्छिन्, “हामी त दिनको एक गाग्री पानीको भरमा हाम्रो घर चलाइरहेका छौँ । गाउँभरिकै एउटा मात्रै इनार, त्यसमा पनि कम पानी आउने गरेको कारण गाउँभरिको सबैलाई भाग लगाउँदा एक÷एक गाग्री मात्रै पुग्छ,” श्रेष्ठले भनिन्, “त्यही एक गाग्री पानीको भरमा हाम्रो घर चलाउनु परिरहेको छ ।”
अर्का स्थानीयवासी अभिमन्यु ढुङ्गानाले गाउँभरिमा नै अर्को पानीको स्रोत नभएका कारण आफूहरु त्यही एउटा इनारको भरमा बाँच्नु परेको बताए । “गाउँभरि नै कतै पनि पानीको अर्को स्रोत छैन, यहीँ भएको इनारमा जम्मा भएको पानी सबैलाई बाँडेर चलाउने हो,” ढुङ्गानाले भने, “त्यो पनि ढिला आउनेले त कहिल्यै पानी नै पाउँदैन, रित्तै गाग्री बोकेर घर फर्कनुपर्छ ।” घरबाट इनार आइपुग्न आधा घन्टा लाग्ने, त्यसमा पनि लाममा बसेर पालो कुर्दै एक गाग्री पानी बोकेर लान घन्टौँ लाग्ने उनको भनाइ छ ।
उनका अनुसार सो इनार सिङ्गो गाउँभरिकै प्राण धान्ने केन्द्र भएकाले पानीको जोहो गर्नकै लागि ताल्चा लगाएर राखेको हुन्छ । सधैँभरि पानीको सुरक्षा र अभाव पूर्ति गर्नका लागि सबै गाउँले त्यही इनारको पानीको भर पर्नुपर्ने भएकाले पनि ताल्चा लगाएर राख्नु परेको अर्का स्थानीयवासी भगवती ढुङ्गाना बताउँछिन् । उनका अनुसार उक्त इनार हरेक दिन बिहान दुई घन्टा मात्रै खुल्ला हुन्छ । “दिन र रातभरि जम्मा भएको पानी भोलिपल्ट बिहान दुई घन्टा गाउँलेलाई बाँडेर खान्छौँ,” भगवतीले भनिन्, “त्यो पनि विद्यालय खुलेको दिन त पाँच गाग्री विद्यालयका लागि छुट्याएर मात्रै हामी गाउँलेले बाँडेर लान पाउँछौँ ।”
इनारमा भएको पानी सकेपछि तल खोलाको पानी लिन जानुको विकल्प छैन । “कहिलेकाहीँ त त्यही खोलाको पानी नै खानुपर्ने हुन्छ”, ढुंगानाले भनिन्, “खानेपानीको जोहो गर्नकै लागि घरको एक जना त त्यसैको लागि खट्नुपर्ने हुन्छ ।” खोला पुग्न दुई घण्टा लाग्छ । इनारबाट त्यहाँका ३५ घरधुरीको जीविका चल्छ । उनीहरु भन्छन् – “हामी गाउँलेका लागि खानेपानीको निकै नै दुःख छ । हामीलाई कसैले पनि सहयोग गर्दैन ।” उनीहरुले थपे, “पल्लो गाउँमा यसपालि मात्रै दुईवटा इनार बन्यो, हाम्रो लागि न त सङ्घसंस्थाले हेर्छ न नगरपालिकाले नै ।”
त्यसरी खानेपानीको जोहो गर्दै आएका झिङ्गनपुरवासीले वस्तुभाउका लागि दुई घन्टा लगाएर तल खोलाबाट पानी ओसार्नुपर्छ । सात वर्षअगाडि बनाएको इनारमा भूकम्प गएपछि पानी झन् सुकेर गएको उनीहरुले बताउँछन् । “भूकम्पअगाडि बिहान–बेलुका दिनको दुई गाग्री पानी लान पाइन्थ्यो, अहिले त एक गाग्रीको भर पर्नुपर्छ”, गाउँलेले भने, “त्यो पनि पछि हुनेले पाउँदैन ।” गाउँका ३५ घरधुरीको एउटै इनार जम्मा १८ रिङको छ । उनीहरु भन्छन्, “यसैलाई रिङ अलि बढाएर गहिरो पारेमा पानी बढी निस्कने देखिन्छ ।” रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...













