वर्षौंदेखि दैनिक एक गाग्री पानीको भरमा गाउँले
धुलिखेल, ६ वैशाख । खानेपानीको अभावका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, झिङ्गनपुरका स्थानीय बासिन्दा वर्षाैंदेखि दैनिक एक गाग्री खानेपानीको भरमा जीवन निर्वाह गर्दै आइरहेका छन् । गाउँभरि नै खानेपानीको अभाव रहेका कारण गाउँको बीचमा रहेको एउटा इनारबाट निस्केको पानी बाँडेर जीवन गुजार्दै आइरहेको उनीहरु बताउँछन् ।
स्थानीयवासी पार्वती श्रेष्ठ भन्छिन्, “हामी त दिनको एक गाग्री पानीको भरमा हाम्रो घर चलाइरहेका छौँ । गाउँभरिकै एउटा मात्रै इनार, त्यसमा पनि कम पानी आउने गरेको कारण गाउँभरिको सबैलाई भाग लगाउँदा एक÷एक गाग्री मात्रै पुग्छ,” श्रेष्ठले भनिन्, “त्यही एक गाग्री पानीको भरमा हाम्रो घर चलाउनु परिरहेको छ ।”
अर्का स्थानीयवासी अभिमन्यु ढुङ्गानाले गाउँभरिमा नै अर्को पानीको स्रोत नभएका कारण आफूहरु त्यही एउटा इनारको भरमा बाँच्नु परेको बताए । “गाउँभरि नै कतै पनि पानीको अर्को स्रोत छैन, यहीँ भएको इनारमा जम्मा भएको पानी सबैलाई बाँडेर चलाउने हो,” ढुङ्गानाले भने, “त्यो पनि ढिला आउनेले त कहिल्यै पानी नै पाउँदैन, रित्तै गाग्री बोकेर घर फर्कनुपर्छ ।” घरबाट इनार आइपुग्न आधा घन्टा लाग्ने, त्यसमा पनि लाममा बसेर पालो कुर्दै एक गाग्री पानी बोकेर लान घन्टौँ लाग्ने उनको भनाइ छ ।
उनका अनुसार सो इनार सिङ्गो गाउँभरिकै प्राण धान्ने केन्द्र भएकाले पानीको जोहो गर्नकै लागि ताल्चा लगाएर राखेको हुन्छ । सधैँभरि पानीको सुरक्षा र अभाव पूर्ति गर्नका लागि सबै गाउँले त्यही इनारको पानीको भर पर्नुपर्ने भएकाले पनि ताल्चा लगाएर राख्नु परेको अर्का स्थानीयवासी भगवती ढुङ्गाना बताउँछिन् । उनका अनुसार उक्त इनार हरेक दिन बिहान दुई घन्टा मात्रै खुल्ला हुन्छ । “दिन र रातभरि जम्मा भएको पानी भोलिपल्ट बिहान दुई घन्टा गाउँलेलाई बाँडेर खान्छौँ,” भगवतीले भनिन्, “त्यो पनि विद्यालय खुलेको दिन त पाँच गाग्री विद्यालयका लागि छुट्याएर मात्रै हामी गाउँलेले बाँडेर लान पाउँछौँ ।”
इनारमा भएको पानी सकेपछि तल खोलाको पानी लिन जानुको विकल्प छैन । “कहिलेकाहीँ त त्यही खोलाको पानी नै खानुपर्ने हुन्छ”, ढुंगानाले भनिन्, “खानेपानीको जोहो गर्नकै लागि घरको एक जना त त्यसैको लागि खट्नुपर्ने हुन्छ ।” खोला पुग्न दुई घण्टा लाग्छ । इनारबाट त्यहाँका ३५ घरधुरीको जीविका चल्छ । उनीहरु भन्छन् – “हामी गाउँलेका लागि खानेपानीको निकै नै दुःख छ । हामीलाई कसैले पनि सहयोग गर्दैन ।” उनीहरुले थपे, “पल्लो गाउँमा यसपालि मात्रै दुईवटा इनार बन्यो, हाम्रो लागि न त सङ्घसंस्थाले हेर्छ न नगरपालिकाले नै ।”
त्यसरी खानेपानीको जोहो गर्दै आएका झिङ्गनपुरवासीले वस्तुभाउका लागि दुई घन्टा लगाएर तल खोलाबाट पानी ओसार्नुपर्छ । सात वर्षअगाडि बनाएको इनारमा भूकम्प गएपछि पानी झन् सुकेर गएको उनीहरुले बताउँछन् । “भूकम्पअगाडि बिहान–बेलुका दिनको दुई गाग्री पानी लान पाइन्थ्यो, अहिले त एक गाग्रीको भर पर्नुपर्छ”, गाउँलेले भने, “त्यो पनि पछि हुनेले पाउँदैन ।” गाउँका ३५ घरधुरीको एउटै इनार जम्मा १८ रिङको छ । उनीहरु भन्छन्, “यसैलाई रिङ अलि बढाएर गहिरो पारेमा पानी बढी निस्कने देखिन्छ ।” रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...













