कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ? थाहा पाउनुहोस्
बैशाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएका हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।
आषाढ : सआषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।
साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।
भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।
असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।
कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।
मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।
पुस : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।
माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।
फागुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।
चैत : चैत महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












