विद्यालय शिक्षाबाटै वञ्चित चेपाङ बालबालिका !
छतिवनगैरा (गोरखा), ११ वैशाख । नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै देशभर भर्ना अभियान सञ्चालन भइरहेका छन् । शिक्षाबाट बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षाको घेरामा ल्याउन सरकारले भर्ना अभियान गर्दै आएको छ ।
तर गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक–७ छतिवनगैराका चेपाङ बालक विद्यालय शिक्षाबाट वञ्चित छन् । विद्यालय टाढा भएर होइन, के खाने ? के लगाउने ? भन्ने मुख्य समस्याले गाँजेपछि बालबालिका विद्यालय पढ्न जान सकेका छैनन् । चेपाङ बालबालिकाको दिनचर्या खेल्ने, गोठालो जाने र अर्काको काम गर्दैमा बितेको छ ।
छतिवनगैराका विशाल, कुमार, प्रेम चेपाङ विद्यालय पढ्न जाने उमेरका छन् । घर नजिकै प्रजाज्योति प्राथमिक विद्यालय र शिव निम्न माध्यामिक विद्यालय छ । तर, उनीहरु दिनभर खेलेरै समय बिताउँछन् । खान, लाउनकै समस्याले छोराहरु पढाउन नसकेको बाबु डन्डु चेपाङले दुखेसो गरे । मेला गएको दिन घरमा चुलो बल्छ नभए भोकभोकै सुत्नुपर्ने बाध्यता डन्डुको घरमा छ ।
ढुङ्गा, माटो र काठको जोडाइले बनेको घर भूकम्पले चिराचिरा बनाए पनि निजी आवास पुनःनिर्माणमा चेपाङ परिवारले अनुदान रकम पाएनन् । जनता आवास कार्यक्रममार्फत चार वर्ष अघि सरकारले जस्तापाताले छाएको एक तले घर बनाइदिएको थियो । सोही घर भूकम्पपछि धराप बनेको छ । घरभित्र खानेकुरा, लत्ताकपडा केही छैनन् । पानी भर्ने बाल्टी, खाना पकाउने कसौडी, खाने थालबाहेक भान्सामा अन्य भाँडाकुँडा छैनन् ।
डन्डुको नाममा जग्गा छैन । दाजुभाइको नाउँमा रहेको एक रोपनी जग्गामध्ये एउटा घडेरी कान्छीआमा जुनकिरीलाई दिए डन्डुले । बाँकी रहेको पखेराको छेउबाटै मोटरबाटो खनिएको छ । भिरालो पखेरामाथि डन्डुको झुप्रो घर छ । डन्डुका दुई छोरा कुमार र विशाल हुन् । काखे छोरो विशाललाई छाडेर श्रीमती अन्यत्रै बिहे गरी हिँडेपछि डन्डुले छोराहरु हुर्काए ।
डन्डुले भने, “काम गरेको दिन खान पाइन्छ । काम नपाएको दिन भोकभोकै सुत्छौँ ।” कान्छा छोरा विशाल डन्डुको साथी हो । जेठो छोरा कुमार छिमेकीको घरमा डेक (टिभी) हेर्न पाइने भएकाले उत्तै रमाउँछ । खानेपानी लिन १५ मिनेट टाढाको खोलामा धाउनुपर्छ । करेसाबारी बाँझै छ । डन्डुको घरमा सम्पत्तिको नाउँमा एउटा थोत्रो रेडियो र गाई छ । “मेला गएर ल्याएको दुई, तीन सय रुपैयाँले चामल किन्ने कि, भुटुनमसला किन्ने कि, नुन किन्ने कि के–के किन्ने ?” डण्डुले गुनासो गर्दै भने, “बिरामी परेको दिन आफू त भोकै पर्छु पर्छु, छोराहरु समेत भोकभोकै हुन्छ ।” स्थानीय शिक्षक अनुप चेपाङले भर्ना हुने तर नियमित विद्यालय नजाँदा चेपाङ बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएको बताउनु भयो ।
गोरखाको घ्याल्चोक, भुम्लिचोक, ताङ्लीचोक, मकैसिङ, ताक्लुङलगायत गाउँमा करिब ६०० घरपरिवार चेपाङको बस्ती छ । जनता आवास कार्यक्रममार्फत बर्सेनि सरकारले चेपाङ परिवारलाई घर बनाउँदै आएको छ । झुप्रोमा बस्दै आएका चेपाङ घरमा बस्न पाएका छन् तर, उनीहरुको जीविकोपार्जनमा सुधार ल्याउने खालका सहयोगी कार्यक्रम सरकारी तवरबाटै हुन सकेको छैन । फइल तस्बिर
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












