विद्यालय शिक्षाबाटै वञ्चित चेपाङ बालबालिका !
छतिवनगैरा (गोरखा), ११ वैशाख । नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै देशभर भर्ना अभियान सञ्चालन भइरहेका छन् । शिक्षाबाट बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षाको घेरामा ल्याउन सरकारले भर्ना अभियान गर्दै आएको छ ।
तर गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक–७ छतिवनगैराका चेपाङ बालक विद्यालय शिक्षाबाट वञ्चित छन् । विद्यालय टाढा भएर होइन, के खाने ? के लगाउने ? भन्ने मुख्य समस्याले गाँजेपछि बालबालिका विद्यालय पढ्न जान सकेका छैनन् । चेपाङ बालबालिकाको दिनचर्या खेल्ने, गोठालो जाने र अर्काको काम गर्दैमा बितेको छ ।
छतिवनगैराका विशाल, कुमार, प्रेम चेपाङ विद्यालय पढ्न जाने उमेरका छन् । घर नजिकै प्रजाज्योति प्राथमिक विद्यालय र शिव निम्न माध्यामिक विद्यालय छ । तर, उनीहरु दिनभर खेलेरै समय बिताउँछन् । खान, लाउनकै समस्याले छोराहरु पढाउन नसकेको बाबु डन्डु चेपाङले दुखेसो गरे । मेला गएको दिन घरमा चुलो बल्छ नभए भोकभोकै सुत्नुपर्ने बाध्यता डन्डुको घरमा छ ।
ढुङ्गा, माटो र काठको जोडाइले बनेको घर भूकम्पले चिराचिरा बनाए पनि निजी आवास पुनःनिर्माणमा चेपाङ परिवारले अनुदान रकम पाएनन् । जनता आवास कार्यक्रममार्फत चार वर्ष अघि सरकारले जस्तापाताले छाएको एक तले घर बनाइदिएको थियो । सोही घर भूकम्पपछि धराप बनेको छ । घरभित्र खानेकुरा, लत्ताकपडा केही छैनन् । पानी भर्ने बाल्टी, खाना पकाउने कसौडी, खाने थालबाहेक भान्सामा अन्य भाँडाकुँडा छैनन् ।
डन्डुको नाममा जग्गा छैन । दाजुभाइको नाउँमा रहेको एक रोपनी जग्गामध्ये एउटा घडेरी कान्छीआमा जुनकिरीलाई दिए डन्डुले । बाँकी रहेको पखेराको छेउबाटै मोटरबाटो खनिएको छ । भिरालो पखेरामाथि डन्डुको झुप्रो घर छ । डन्डुका दुई छोरा कुमार र विशाल हुन् । काखे छोरो विशाललाई छाडेर श्रीमती अन्यत्रै बिहे गरी हिँडेपछि डन्डुले छोराहरु हुर्काए ।
डन्डुले भने, “काम गरेको दिन खान पाइन्छ । काम नपाएको दिन भोकभोकै सुत्छौँ ।” कान्छा छोरा विशाल डन्डुको साथी हो । जेठो छोरा कुमार छिमेकीको घरमा डेक (टिभी) हेर्न पाइने भएकाले उत्तै रमाउँछ । खानेपानी लिन १५ मिनेट टाढाको खोलामा धाउनुपर्छ । करेसाबारी बाँझै छ । डन्डुको घरमा सम्पत्तिको नाउँमा एउटा थोत्रो रेडियो र गाई छ । “मेला गएर ल्याएको दुई, तीन सय रुपैयाँले चामल किन्ने कि, भुटुनमसला किन्ने कि, नुन किन्ने कि के–के किन्ने ?” डण्डुले गुनासो गर्दै भने, “बिरामी परेको दिन आफू त भोकै पर्छु पर्छु, छोराहरु समेत भोकभोकै हुन्छ ।” स्थानीय शिक्षक अनुप चेपाङले भर्ना हुने तर नियमित विद्यालय नजाँदा चेपाङ बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएको बताउनु भयो ।
गोरखाको घ्याल्चोक, भुम्लिचोक, ताङ्लीचोक, मकैसिङ, ताक्लुङलगायत गाउँमा करिब ६०० घरपरिवार चेपाङको बस्ती छ । जनता आवास कार्यक्रममार्फत बर्सेनि सरकारले चेपाङ परिवारलाई घर बनाउँदै आएको छ । झुप्रोमा बस्दै आएका चेपाङ घरमा बस्न पाएका छन् तर, उनीहरुको जीविकोपार्जनमा सुधार ल्याउने खालका सहयोगी कार्यक्रम सरकारी तवरबाटै हुन सकेको छैन । फइल तस्बिर
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












