तोरी पेल्ने कोल लोप हुँदै
तेह्रथुम, २३ वैशाख । प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै गाउँ गाउँमा प्रयोग हुने गरेको तोरी पेल्ने कोल लोप हुँदै गएको छ ।
कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भए पनि विद्युत् तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि कोलको प्रयोग हुन छाडेको छ । अहिले जिल्लाका दुर्गम गाउँसम्म सडक सुविधा पुगेको छ । सडक पुगेपछि त्यहाँसम्म पनि प्याकेटमा तयार पारिएको तेल सहजै उपलब्ध हुन थालेको छ ।
प्याकेटमा तयारी तेल उपलब्ध हुन थालेपछि तोरी पेल्ने कोल प्रयोग हुन छाडेको आठराइ गाउँपालिका– ७ का दमन्ता बुढाथोकी बताउनुहुन्छ । समय र पुस्ता परिवर्तनसँगै सुविधा थपिँदै गएको तथा पुराना बस्तुको महत्व घट्दै गएको उहाँको भनाइ छ ।
“पहिले टोल टोलमा कोल हुन्थ्यो, अहिले मिल हालिएको छ,” सुदापका कमानसिंह लिम्बू भन्नुहुन्छ ।
सिलाइकटाइ तालिम र मेसिन
त्यसैगरी सिर्जना र आयआर्जनमूलक कार्यमा अविबृद्धि गर्न आठराइ गाउँपालिकाका ३० जना दलित युवालाई सिलाइकटाइ तालिम दिइएको छ । युवालाई तालिमपछि रु दुई लाख २५ हजार बराबरका सिलाइ मिसिन समेत वितरण गरिएको छ ।
दलित समुदायलाई सीप विकासको लागि तीन महिने निःशुल्क सिलाइकटाइ तालिम दिई कपडा सिउने १६ थान मिसिन वितरण गरिएको हो । नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिको आयोजनामा सञ्चालित तालिमका सहभागिलाई मेसिन वितरण गरिएको तालिमका सहजकर्ता मिलन नेपालीले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...













