तोरी पेल्ने कोल लोप हुँदै
तेह्रथुम, २३ वैशाख । प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै गाउँ गाउँमा प्रयोग हुने गरेको तोरी पेल्ने कोल लोप हुँदै गएको छ ।
कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भए पनि विद्युत् तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि कोलको प्रयोग हुन छाडेको छ । अहिले जिल्लाका दुर्गम गाउँसम्म सडक सुविधा पुगेको छ । सडक पुगेपछि त्यहाँसम्म पनि प्याकेटमा तयार पारिएको तेल सहजै उपलब्ध हुन थालेको छ ।
प्याकेटमा तयारी तेल उपलब्ध हुन थालेपछि तोरी पेल्ने कोल प्रयोग हुन छाडेको आठराइ गाउँपालिका– ७ का दमन्ता बुढाथोकी बताउनुहुन्छ । समय र पुस्ता परिवर्तनसँगै सुविधा थपिँदै गएको तथा पुराना बस्तुको महत्व घट्दै गएको उहाँको भनाइ छ ।
“पहिले टोल टोलमा कोल हुन्थ्यो, अहिले मिल हालिएको छ,” सुदापका कमानसिंह लिम्बू भन्नुहुन्छ ।
सिलाइकटाइ तालिम र मेसिन
त्यसैगरी सिर्जना र आयआर्जनमूलक कार्यमा अविबृद्धि गर्न आठराइ गाउँपालिकाका ३० जना दलित युवालाई सिलाइकटाइ तालिम दिइएको छ । युवालाई तालिमपछि रु दुई लाख २५ हजार बराबरका सिलाइ मिसिन समेत वितरण गरिएको छ ।
दलित समुदायलाई सीप विकासको लागि तीन महिने निःशुल्क सिलाइकटाइ तालिम दिई कपडा सिउने १६ थान मिसिन वितरण गरिएको हो । नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिको आयोजनामा सञ्चालित तालिमका सहभागिलाई मेसिन वितरण गरिएको तालिमका सहजकर्ता मिलन नेपालीले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...













