नेपालको संविधानमा रहेको समावेशिताको व्यवस्थाबाट अमेरिकाले सिक्न सक्ने
काठमाडौँ, २४ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्व सभामुख न्यान्सी पेलोसीसँग आज भएको भेटमा नेपालको समसामयिक राजनीति, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रिया र यसको सफलता एवम् नयाँ संविधानको घोषणा र कार्यान्वयनका बारेमा जानकारी गराउनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटका क्रममा मन्त्री डा महतले नेपालको संविधानमा गरिएको समावेशिता, मानवाधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासम्बन्धी प्रावधानको बारेमा प्रकाश पार्दै राज्यका हरेक अङ्गमा महिला एवम् जातीय समावेशिताबारे संविधानमा गरिएको व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
अमेरिकामा रहेका नेपालीका लागि अमेरिकी सरकारले प्रदान गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक एवम् बृहत्तर क्षेत्रमा अमेरिकाले पु¥याउँदै आएको सहयोगप्रति अमेरिकी जनता र अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भूकम्पपछिको उद्वार र राहत एवम् पुनःनिर्माणमा अमेरिकाको सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गर्नुभयो ।
सो अवसरमा अमेरिकी नेत्री पेलोसीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवम् समावेशिताको व्यवस्थाको प्रशंसा गर्दै यसबाट अमेरिकाले पनि सिक्न सक्ने धारणा राख्नुभयो ।
उहाँले नेपालमा जुनसुकै सरकार आए पनि अमेरिकाले पु¥याउँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास दिलाउनुभयो ।
उहाँले नेपालले शान्ति प्रक्रियाको व्यवस्थापन, संविधान सभाबाट संविधानको निर्माण र सङ्क्रमणकालीन राजनीतिक व्यवस्थापनमा नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपालमा हुन लागेको निर्वाचनको सफलताको कामना गर्नुभयो ।
भेटका क्रममा परराष्ट्र सचिव शङ्करदास वैरागी, नेत्री पेलोसीसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभका दुवै पार्टीका सदस्यलगायत अन्य उच्चपदस्थ अधिकारी, अमेरिकाका लागि नेपाली राजदूत, नेपालका लागि अमेरिकी राजदूतलगायतको सहभागिता रहेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












