नेपालको संविधानमा रहेको समावेशिताको व्यवस्थाबाट अमेरिकाले सिक्न सक्ने
काठमाडौँ, २४ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्व सभामुख न्यान्सी पेलोसीसँग आज भएको भेटमा नेपालको समसामयिक राजनीति, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रिया र यसको सफलता एवम् नयाँ संविधानको घोषणा र कार्यान्वयनका बारेमा जानकारी गराउनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटका क्रममा मन्त्री डा महतले नेपालको संविधानमा गरिएको समावेशिता, मानवाधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासम्बन्धी प्रावधानको बारेमा प्रकाश पार्दै राज्यका हरेक अङ्गमा महिला एवम् जातीय समावेशिताबारे संविधानमा गरिएको व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
अमेरिकामा रहेका नेपालीका लागि अमेरिकी सरकारले प्रदान गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक एवम् बृहत्तर क्षेत्रमा अमेरिकाले पु¥याउँदै आएको सहयोगप्रति अमेरिकी जनता र अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भूकम्पपछिको उद्वार र राहत एवम् पुनःनिर्माणमा अमेरिकाको सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गर्नुभयो ।
सो अवसरमा अमेरिकी नेत्री पेलोसीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवम् समावेशिताको व्यवस्थाको प्रशंसा गर्दै यसबाट अमेरिकाले पनि सिक्न सक्ने धारणा राख्नुभयो ।
उहाँले नेपालमा जुनसुकै सरकार आए पनि अमेरिकाले पु¥याउँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास दिलाउनुभयो ।
उहाँले नेपालले शान्ति प्रक्रियाको व्यवस्थापन, संविधान सभाबाट संविधानको निर्माण र सङ्क्रमणकालीन राजनीतिक व्यवस्थापनमा नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपालमा हुन लागेको निर्वाचनको सफलताको कामना गर्नुभयो ।
भेटका क्रममा परराष्ट्र सचिव शङ्करदास वैरागी, नेत्री पेलोसीसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभका दुवै पार्टीका सदस्यलगायत अन्य उच्चपदस्थ अधिकारी, अमेरिकाका लागि नेपाली राजदूत, नेपालका लागि अमेरिकी राजदूतलगायतको सहभागिता रहेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












