बूढेसकालमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै
रामपुर (पाल्पा), २७ वैशाख । सेतीमाया कुमाल उमेरले ७५ वर्ष पुग्नुभयो तर उहाँको जोसजाँगर युवा अवस्थाको जस्तै छ ।
यो उमेरमा पनि उहाँ कालीगण्डकी नदीको रामपुर नगरपालिकाको रामघाटस्थित किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्नुहुन्छ । बिहान खाना खाएपछि रात नपरुन्जेलसम्म नदी किनारमा दिनमा ६ बोरा जति गिट्टी कुट्ने गरेको कुमालले बताउनुभयो ।
प्रतिबोरा रु ६० मा नदी किनारबाटै बिक्री भइरहेको छ । अर्की वृद्वा ७७ वर्षीया मती कुमाललाई पनि गिट्टी नकुटेसम्म जीवनगुजारा गर्न सहज छैन । उमेर ढल्कँदै गरेकी मती कुमालले दिनभरि गिट्टी कुटेको आम्दानीबाट घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ । नदी किनारमा घनले गिट्टी कुट्दै गर्नुभएकी कुमाल भन्नुहुन्छ, “गिट्टी कुटेर एक महिनामा रु १० हजार देखि १२ हजार सम्म कमाई गर्छु”—“छोरा बुहारीसँग दुईचार पैसा माग्दा कहिले दिन्छन्, कहिले दिँदैनन्, आफँैले काम गरेपछि अरूसँग परनिर्भर हुनु परेको छैन”, उहाँले भन्नुभयो ।
साढे दुई वर्षको छोरा काखमा च्यापेर कुबिजा कुमालले पनि गिट्टी कुटेर घरायसी खर्च पु¥याउँदै आउनुभएको छ । एक छोरालाई पढाइ खर्च र साँझ–बिहानको गुजारा, औषधोपचार खर्च जुटाउन गाह्रो नभएको बताउनुहुन्छ ।
“दिनमा १० बोरासम्म गिट्टी कुटेर एक महिनामा रु १५ हजार जति आम्दानी हुन्छ”—“साँझ–बिहानको काम सकेर दिनभर गिट्टी कुट्यो, साँभm पैसा बुझ्यो, घर गयो”, उहाँले भन्नुभयो । आफुले गिट्टी कुट्न थालेपछि श्रीमान्ले भारतमा कमाएको पैसा बचत गरेको उहाँले बताउनुभयो ।
तिलकपुर डल्ले चौतारी क्षेत्रमा पनि घरघरमै नदी खोलाबाट ढुङ्गा बोकेर गिट्टी कुट्नेको लहरै देखिन्छ । यस क्षेत्रमा झन्डै ४० देखि ५० को हाराहारीमा घरमै बसी बसी गिट्टी कुटेर एक महिनामा रु २० हजार बराबरको आम्दानी लिने गरेको टोपनारायण ढकालले बताउनुभयो ।
गाउँघरमा मेलापात गरेर दिनमा रु २०० देखि ३०० बुझ्दै आएका यहाँका महिलाले गिट्टी कुटेर रु ५०० देखि रु एक हजारसम्म आम्दानी गर्न सफल भएका छन् । यस व्यवसायमा यहाँ आधाभन्दा धेरै महिला संलग्न रहेको स्थानीयवासी हलिमा खातुन बताउनुहुन्छ ।
रामघाट नदी किनारमा झन्डै १५० भन्दा बढीले व्यावसायिक रुपमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन् । रामपुर क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, ठूलाठूला घर तथा भवन निर्माण गर्ने क्रम बढ्दै गएपछि नदी किनारमा व्यावसायिक रुपमा गिट्टी कुट्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...













