बूढेसकालमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै
रामपुर (पाल्पा), २७ वैशाख । सेतीमाया कुमाल उमेरले ७५ वर्ष पुग्नुभयो तर उहाँको जोसजाँगर युवा अवस्थाको जस्तै छ ।
यो उमेरमा पनि उहाँ कालीगण्डकी नदीको रामपुर नगरपालिकाको रामघाटस्थित किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्नुहुन्छ । बिहान खाना खाएपछि रात नपरुन्जेलसम्म नदी किनारमा दिनमा ६ बोरा जति गिट्टी कुट्ने गरेको कुमालले बताउनुभयो ।
प्रतिबोरा रु ६० मा नदी किनारबाटै बिक्री भइरहेको छ । अर्की वृद्वा ७७ वर्षीया मती कुमाललाई पनि गिट्टी नकुटेसम्म जीवनगुजारा गर्न सहज छैन । उमेर ढल्कँदै गरेकी मती कुमालले दिनभरि गिट्टी कुटेको आम्दानीबाट घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ । नदी किनारमा घनले गिट्टी कुट्दै गर्नुभएकी कुमाल भन्नुहुन्छ, “गिट्टी कुटेर एक महिनामा रु १० हजार देखि १२ हजार सम्म कमाई गर्छु”—“छोरा बुहारीसँग दुईचार पैसा माग्दा कहिले दिन्छन्, कहिले दिँदैनन्, आफँैले काम गरेपछि अरूसँग परनिर्भर हुनु परेको छैन”, उहाँले भन्नुभयो ।
साढे दुई वर्षको छोरा काखमा च्यापेर कुबिजा कुमालले पनि गिट्टी कुटेर घरायसी खर्च पु¥याउँदै आउनुभएको छ । एक छोरालाई पढाइ खर्च र साँझ–बिहानको गुजारा, औषधोपचार खर्च जुटाउन गाह्रो नभएको बताउनुहुन्छ ।
“दिनमा १० बोरासम्म गिट्टी कुटेर एक महिनामा रु १५ हजार जति आम्दानी हुन्छ”—“साँझ–बिहानको काम सकेर दिनभर गिट्टी कुट्यो, साँभm पैसा बुझ्यो, घर गयो”, उहाँले भन्नुभयो । आफुले गिट्टी कुट्न थालेपछि श्रीमान्ले भारतमा कमाएको पैसा बचत गरेको उहाँले बताउनुभयो ।
तिलकपुर डल्ले चौतारी क्षेत्रमा पनि घरघरमै नदी खोलाबाट ढुङ्गा बोकेर गिट्टी कुट्नेको लहरै देखिन्छ । यस क्षेत्रमा झन्डै ४० देखि ५० को हाराहारीमा घरमै बसी बसी गिट्टी कुटेर एक महिनामा रु २० हजार बराबरको आम्दानी लिने गरेको टोपनारायण ढकालले बताउनुभयो ।
गाउँघरमा मेलापात गरेर दिनमा रु २०० देखि ३०० बुझ्दै आएका यहाँका महिलाले गिट्टी कुटेर रु ५०० देखि रु एक हजारसम्म आम्दानी गर्न सफल भएका छन् । यस व्यवसायमा यहाँ आधाभन्दा धेरै महिला संलग्न रहेको स्थानीयवासी हलिमा खातुन बताउनुहुन्छ ।
रामघाट नदी किनारमा झन्डै १५० भन्दा बढीले व्यावसायिक रुपमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन् । रामपुर क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, ठूलाठूला घर तथा भवन निर्माण गर्ने क्रम बढ्दै गएपछि नदी किनारमा व्यावसायिक रुपमा गिट्टी कुट्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...













