के तीब्र गतिमा सवारी हाक्दै हुनुहुन्छ ? सावधान ! राडर गनमा पर्नुहोला
विराटनगर, २८ बैशाख । के तपाईले तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? तपाई पूर्वी क्षेत्रमा यात्रा गर्दा यदी त्यसो गर्दै हुनुहुन्छ भने तपाईको अगाडि प्रहरीले राडर गन तेस्र्याउन सक्छ । ट्राफिक नियम विपरित सवारीसाधनको गति तीव्र पाइएमा सवारीसाधानका चालकले १५ सयसम्म जरीवना तिनुपर्ने हुन्छ ।
तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ । ट्राफिक प्रहरीले राजमार्ग क्षेत्रमा बसेर राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ भन्ने पत्ता लगाउन थालेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन हान्न थालेको छ ।
प्रहरीले पूर्व पश्चिम राजमार्ग क्षेत्रका बढी दुघर्टना हुने स्थलको पहिचान गरी त्यस्ता क्षेत्र राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ भनी पत्ता लगाउन थालेको जनाएको छ । ट्राफिक प्रहरीका उपरीक्षक सौरभ राणाले परैबाट गुडेको सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै र यदी कुनैपनि सवारीसाधान तीव्र गतिमा रहेको पाइएमा जरिवाना समेत लिने गरेको बताए ।
धमाधम कारबाहीः
ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलका लागि प्रतिघण्टा अधिकतम ५० देखि ६० किलोमिटरसम्म र चारचक्के सवारीले अधिकतम ८० किलोमिटरसम्म मात्र कुदाउन पाउने प्रावधान छ । पूर्वका जंगल क्षेत्रमा पर्ने राजमार्गमा सवारी साधानको गति सधै तीव्र हुने गरेको छ । तीव्र गतिमा रहेका सवारी साधान धमाधम कारवाहीमा पर्ने गरेका छन ।
राडर गनको माध्यमले गति नाप्न क्रममा मोटरसाइकलले ८० देखि ९० किलोमिटर प्रतिघण्टासम्म र चार चक्केले एक सयदेखि एक सय २० किलोमिटरसम्मको गतिमा सवारी कुदाएको पाइएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले विभिन्न ठाउँमा गरी हालसम्म ८ सय ८८ सवारीलाई कारवाही गरिसकेको जनाएको छ ।
एउटै मात्र साडर गन हुँदा समस्याः
पूर्वी नेपाल भरी एउटै मात्र राडर गन हुँदा सवारीको गति चेक जाँच प्रभावकारी हुन सकेको छैन । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय मतहतका पूर्वका कार्यालय प्राप्त एक थान राडर गनवाट सवैतिर चेक जाच गर्नु पर्ने अवस्था रहेको छ ।
सप्तरीदेखि झापासम्म एउटै राडर गन प्रयोग गर्नु पर्ने हालको अवस्था छ । सप्तरीदेखि झापासम्म पालैपालो गरेर राडर गनको प्रयोग गर्ने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका इटहरीका ट्राफिक प्रहरी उपरीक्षक सौरभ राणले वताए ।
सवारी दुर्घटनाको अवस्था भयावहः
पूर्वी नेपालमा सवारी दुघर्टनाको अवस्था भयावह देखिएको छ । ट्राफिक प्रहरीको तथ्याङक अनुसार सवारी दुर्घटनामा परी दैनिक एक जनाको मृत्यु हुने गरेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङक अनुसार पूर्वी नेपालमा आर्थिक वर्ष ०७३/०७४ को वैशाखदेखि अहिलेसम्म ३ सय ७८ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पूर्वी नेपालमा एक वर्षको अवधिमा भएका १ हजार ६ सय १४ वटा सवारी दुघटनामा परी उनीहरुको ज्यान गरेको हो । त्यसैगरी सवारी दुघर्टनामा परी २७ सय ९४ जना घाइते भएका छन । जसमा मोरङ जिल्लामा ३ सय ३८ वटा सवारी दुघर्टनामा परी सवै भन्दा वढी ८२ जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...











