के तीब्र गतिमा सवारी हाक्दै हुनुहुन्छ ? सावधान ! राडर गनमा पर्नुहोला
विराटनगर, २८ बैशाख । के तपाईले तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? तपाई पूर्वी क्षेत्रमा यात्रा गर्दा यदी त्यसो गर्दै हुनुहुन्छ भने तपाईको अगाडि प्रहरीले राडर गन तेस्र्याउन सक्छ । ट्राफिक नियम विपरित सवारीसाधनको गति तीव्र पाइएमा सवारीसाधानका चालकले १५ सयसम्म जरीवना तिनुपर्ने हुन्छ ।
तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ । ट्राफिक प्रहरीले राजमार्ग क्षेत्रमा बसेर राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ भन्ने पत्ता लगाउन थालेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन हान्न थालेको छ ।
प्रहरीले पूर्व पश्चिम राजमार्ग क्षेत्रका बढी दुघर्टना हुने स्थलको पहिचान गरी त्यस्ता क्षेत्र राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ भनी पत्ता लगाउन थालेको जनाएको छ । ट्राफिक प्रहरीका उपरीक्षक सौरभ राणाले परैबाट गुडेको सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै र यदी कुनैपनि सवारीसाधान तीव्र गतिमा रहेको पाइएमा जरिवाना समेत लिने गरेको बताए ।
धमाधम कारबाहीः
ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलका लागि प्रतिघण्टा अधिकतम ५० देखि ६० किलोमिटरसम्म र चारचक्के सवारीले अधिकतम ८० किलोमिटरसम्म मात्र कुदाउन पाउने प्रावधान छ । पूर्वका जंगल क्षेत्रमा पर्ने राजमार्गमा सवारी साधानको गति सधै तीव्र हुने गरेको छ । तीव्र गतिमा रहेका सवारी साधान धमाधम कारवाहीमा पर्ने गरेका छन ।
राडर गनको माध्यमले गति नाप्न क्रममा मोटरसाइकलले ८० देखि ९० किलोमिटर प्रतिघण्टासम्म र चार चक्केले एक सयदेखि एक सय २० किलोमिटरसम्मको गतिमा सवारी कुदाएको पाइएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले विभिन्न ठाउँमा गरी हालसम्म ८ सय ८८ सवारीलाई कारवाही गरिसकेको जनाएको छ ।
एउटै मात्र साडर गन हुँदा समस्याः
पूर्वी नेपाल भरी एउटै मात्र राडर गन हुँदा सवारीको गति चेक जाँच प्रभावकारी हुन सकेको छैन । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय मतहतका पूर्वका कार्यालय प्राप्त एक थान राडर गनवाट सवैतिर चेक जाच गर्नु पर्ने अवस्था रहेको छ ।
सप्तरीदेखि झापासम्म एउटै राडर गन प्रयोग गर्नु पर्ने हालको अवस्था छ । सप्तरीदेखि झापासम्म पालैपालो गरेर राडर गनको प्रयोग गर्ने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका इटहरीका ट्राफिक प्रहरी उपरीक्षक सौरभ राणले वताए ।
सवारी दुर्घटनाको अवस्था भयावहः
पूर्वी नेपालमा सवारी दुघर्टनाको अवस्था भयावह देखिएको छ । ट्राफिक प्रहरीको तथ्याङक अनुसार सवारी दुर्घटनामा परी दैनिक एक जनाको मृत्यु हुने गरेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङक अनुसार पूर्वी नेपालमा आर्थिक वर्ष ०७३/०७४ को वैशाखदेखि अहिलेसम्म ३ सय ७८ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पूर्वी नेपालमा एक वर्षको अवधिमा भएका १ हजार ६ सय १४ वटा सवारी दुघटनामा परी उनीहरुको ज्यान गरेको हो । त्यसैगरी सवारी दुघर्टनामा परी २७ सय ९४ जना घाइते भएका छन । जसमा मोरङ जिल्लामा ३ सय ३८ वटा सवारी दुघर्टनामा परी सवै भन्दा वढी ८२ जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












