सामान्य विवाद र मदिराको नशामा साथीको हत्या
काठमाडौं, ४ जेठ । सामान्य विवादमा बांगेमुढामा एक युवकले साथीको हत्या गरेका छन्। मदिराको नशामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाइ’ भन्ने २३ वर्षीय भूषण श्रेष्ठले ललितपुर–७ पिलाछेँका १९ वर्षीय आतिश तामाङको हत्या गरेका हुन् ।
प्रहरीले मंगलबार श्रेष्ठलाई पक्राउ गरेको छ। गत सोमबार राति साढे ११ बजे श्रेष्ठले तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। महागनरीय अपराध महाशाखाका अनुसार दुवै जनाले मदिरा पिएका थिए। पिपुल्स क्याम्पसमा अध्ययरत श्रेष्ठ कलेजका साथीहरूसँग मदिरा पिएर कोठा फर्कंदै थिए। बांगेमुढा चोकमा उनले तामाङ र राजन पुरीबीच झगडा भइरहेको देखे। विवादपछि पुरीले तामाङलाई ‘लम्बु भाइ, यो मान्छेले के भन्दै छ हेर् न’ भन्दै घरतर्फ लगे। श्रेष्ठ पनि वास्ता नगरी आफ्नो घरतर्फ लाग्दै थिए।
त्यही बेला तामाङले श्रेष्ठलाई रोकेर गालामा एक झापड हाने। त्यसपछि उनीहरूबीच घम्साघम्सी भएको थियो। मुक्का हानाहान हुँदा श्रेष्ष्ठको नाकबाट रगत आयो। त्यसपछि उनले साँचोको झुप्पामा रहेको चुक्का निकालेर तामाङलाई हानेका थिए। घाइते बनाएपछि उनी साथीको डेरामा गएर बसेका थिए। स्थानीय देखेर तामाङलाई उपचारका लागि वीर अस्पताल पुर्याएकोमा त्यहाँ उनको मृत्यु भएको थियो।
महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले दुवै जना पहिलेदेखि नै साथी भएको बताए। मदिरा र रिसको आवेगमा हत्या भएको महाशाखाका डिएसपी दीपक रेग्मीको भनाइ छ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












