सामान्य विवाद र मदिराको नशामा साथीको हत्या
काठमाडौं, ४ जेठ । सामान्य विवादमा बांगेमुढामा एक युवकले साथीको हत्या गरेका छन्। मदिराको नशामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाइ’ भन्ने २३ वर्षीय भूषण श्रेष्ठले ललितपुर–७ पिलाछेँका १९ वर्षीय आतिश तामाङको हत्या गरेका हुन् ।
प्रहरीले मंगलबार श्रेष्ठलाई पक्राउ गरेको छ। गत सोमबार राति साढे ११ बजे श्रेष्ठले तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। महागनरीय अपराध महाशाखाका अनुसार दुवै जनाले मदिरा पिएका थिए। पिपुल्स क्याम्पसमा अध्ययरत श्रेष्ठ कलेजका साथीहरूसँग मदिरा पिएर कोठा फर्कंदै थिए। बांगेमुढा चोकमा उनले तामाङ र राजन पुरीबीच झगडा भइरहेको देखे। विवादपछि पुरीले तामाङलाई ‘लम्बु भाइ, यो मान्छेले के भन्दै छ हेर् न’ भन्दै घरतर्फ लगे। श्रेष्ठ पनि वास्ता नगरी आफ्नो घरतर्फ लाग्दै थिए।
त्यही बेला तामाङले श्रेष्ठलाई रोकेर गालामा एक झापड हाने। त्यसपछि उनीहरूबीच घम्साघम्सी भएको थियो। मुक्का हानाहान हुँदा श्रेष्ष्ठको नाकबाट रगत आयो। त्यसपछि उनले साँचोको झुप्पामा रहेको चुक्का निकालेर तामाङलाई हानेका थिए। घाइते बनाएपछि उनी साथीको डेरामा गएर बसेका थिए। स्थानीय देखेर तामाङलाई उपचारका लागि वीर अस्पताल पुर्याएकोमा त्यहाँ उनको मृत्यु भएको थियो।
महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले दुवै जना पहिलेदेखि नै साथी भएको बताए। मदिरा र रिसको आवेगमा हत्या भएको महाशाखाका डिएसपी दीपक रेग्मीको भनाइ छ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












