बराहक्षेत्र सप्तकोसी कटानको उच्च जोखिममा
इटहरी, २५ जेठ । हिन्दूहरुको आस्थाको महत्वपूर्ण धार्मिक तीर्थस्थल बराहक्षेत्र लामो समयदेखि सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले मन्दिरको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् ।
यही विषयमा सुनसरी सदरमुकाम इनरुवामा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पनि यो विषयले विशेष प्राथमिकता पाएको थियो । हिन्दूहरुका चार धार्मिक क्षेत्रमध्ये नेपालमा रहेका दुई क्षेत्र बराहक्षेत्र र मुक्तिक्षेत्र हो । सुनसरीको बराहक्षेत्रमा अवस्थित यो पावन भूमि सप्तकोसी नदी र कोका खोलाको सङ्गमदेखि ठीक दक्षिणमा नदी घुमेर मन्दिरको दक्षिणी भागको जमिन तीव्र कटान गरिरहेकाले मन्दिर उच्च जोखिममा परिरहेको पण्डित योगेश भण्डारीले बताउँदै आउनुभयो ।
प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् विष्णुले बराह अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सुँडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ । त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको हो ।
सप्तकोसी नदीमा हरेक वर्ष आउने बाढी नदी घुमेर पोखरी बनेको स्थानबाट बर्सेनि मास्तिरको जमिन कटान गरिरहेकाले यो पावन क्षेत्र कोसीको निरन्तरको कटानले उच्च जोखिममा पर्दै आएको छ । दायाँ उत्तरतर्फबाट बग्दै आउनाले कोका तथा पश्चिम उत्तरबाट आएको सप्तकोसीका कारण दुवैतर्फबाट करिब पाँच छ वर्षयतादेखि कटान हुन थालेपछि बराहक्षेत्र मन्दिर कटानको उच्च जोखिममा परेकाले कुनै पनि बेला मन्दिर बग्न सक्ने गम्भीर खतरा सिर्जना भइरहेको तर्फ बराहक्षेत्र बचाऊ अभियानकर्मीले राज्यको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको तर्फ आवाज उठाउँदै आइरहनुभएको छ ।
दुई वर्षअघि २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले बराहक्षेत्र मन्दिर रहेको पहाडलाई थिलथिलो बनाइदिएका कारण पनि माथिबाट पहिरो खस्ने जोखिमसमेत बढेको पं योगेश भण्डारीको भनाइ रहेको छ । उहाँका अनुसार तलतिरबाट सप्तकोसीको कटान र माथिल्लो भागबाट आउने पहिरोका कारण बराहक्षेत्र तीर्थस्थल अति संवेदनशील स्थानमा परिणत हुँदै गएकोले राज्यले ध्यान दिनुपर्नेतर्फ पनि भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ ।
बराहक्षेत्र जोखिमको उच्च चपेटामा परिरहेको सन्दर्भमा बृहत्तर बराहक्षेत्र विकास समितिले आयोजना गरेको ‘भावी योजना’ विषयक अन्तक्र्रियामा सहभागीले पूर्वको पवित्र धार्मिक पर्यटकीयस्थल बराहक्षेत्रको संरक्षणमा सरकारी तदारुकताको खाँचो औँल्याइएको छ । समितिका संयोजक गोविन्द कार्कीले सप्तकोसी नदीका कारण मन्दिर बस्तीसमेत जोखिममा परेकाले संरक्षणमा सरकारी निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
सोही विषयमा स्थानीय विकास अधिकारी एवम् हाल जिल्ला समन्वय समितिका प्रमुख तुलसीप्रसाद श्रेष्ठले पनि कोका र कोसीले निरन्तर धक्का दिइरहेका कारण मन्दिर जोखिममा रहेको पाइएकाले त्यसको दीर्घकालीन संरक्षण र संवद्र्धनमा सबैको यतिबेलै ध्यान जानु जरुरी देखिएको बताउनुभयो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












