बराहक्षेत्र सप्तकोसी कटानको उच्च जोखिममा
इटहरी, २५ जेठ । हिन्दूहरुको आस्थाको महत्वपूर्ण धार्मिक तीर्थस्थल बराहक्षेत्र लामो समयदेखि सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले मन्दिरको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् ।
यही विषयमा सुनसरी सदरमुकाम इनरुवामा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पनि यो विषयले विशेष प्राथमिकता पाएको थियो । हिन्दूहरुका चार धार्मिक क्षेत्रमध्ये नेपालमा रहेका दुई क्षेत्र बराहक्षेत्र र मुक्तिक्षेत्र हो । सुनसरीको बराहक्षेत्रमा अवस्थित यो पावन भूमि सप्तकोसी नदी र कोका खोलाको सङ्गमदेखि ठीक दक्षिणमा नदी घुमेर मन्दिरको दक्षिणी भागको जमिन तीव्र कटान गरिरहेकाले मन्दिर उच्च जोखिममा परिरहेको पण्डित योगेश भण्डारीले बताउँदै आउनुभयो ।
प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् विष्णुले बराह अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सुँडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ । त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको हो ।
सप्तकोसी नदीमा हरेक वर्ष आउने बाढी नदी घुमेर पोखरी बनेको स्थानबाट बर्सेनि मास्तिरको जमिन कटान गरिरहेकाले यो पावन क्षेत्र कोसीको निरन्तरको कटानले उच्च जोखिममा पर्दै आएको छ । दायाँ उत्तरतर्फबाट बग्दै आउनाले कोका तथा पश्चिम उत्तरबाट आएको सप्तकोसीका कारण दुवैतर्फबाट करिब पाँच छ वर्षयतादेखि कटान हुन थालेपछि बराहक्षेत्र मन्दिर कटानको उच्च जोखिममा परेकाले कुनै पनि बेला मन्दिर बग्न सक्ने गम्भीर खतरा सिर्जना भइरहेको तर्फ बराहक्षेत्र बचाऊ अभियानकर्मीले राज्यको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको तर्फ आवाज उठाउँदै आइरहनुभएको छ ।
दुई वर्षअघि २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले बराहक्षेत्र मन्दिर रहेको पहाडलाई थिलथिलो बनाइदिएका कारण पनि माथिबाट पहिरो खस्ने जोखिमसमेत बढेको पं योगेश भण्डारीको भनाइ रहेको छ । उहाँका अनुसार तलतिरबाट सप्तकोसीको कटान र माथिल्लो भागबाट आउने पहिरोका कारण बराहक्षेत्र तीर्थस्थल अति संवेदनशील स्थानमा परिणत हुँदै गएकोले राज्यले ध्यान दिनुपर्नेतर्फ पनि भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ ।
बराहक्षेत्र जोखिमको उच्च चपेटामा परिरहेको सन्दर्भमा बृहत्तर बराहक्षेत्र विकास समितिले आयोजना गरेको ‘भावी योजना’ विषयक अन्तक्र्रियामा सहभागीले पूर्वको पवित्र धार्मिक पर्यटकीयस्थल बराहक्षेत्रको संरक्षणमा सरकारी तदारुकताको खाँचो औँल्याइएको छ । समितिका संयोजक गोविन्द कार्कीले सप्तकोसी नदीका कारण मन्दिर बस्तीसमेत जोखिममा परेकाले संरक्षणमा सरकारी निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
सोही विषयमा स्थानीय विकास अधिकारी एवम् हाल जिल्ला समन्वय समितिका प्रमुख तुलसीप्रसाद श्रेष्ठले पनि कोका र कोसीले निरन्तर धक्का दिइरहेका कारण मन्दिर जोखिममा रहेको पाइएकाले त्यसको दीर्घकालीन संरक्षण र संवद्र्धनमा सबैको यतिबेलै ध्यान जानु जरुरी देखिएको बताउनुभयो ।
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...












