गङ्गेश्वरी जागरण पुरस्कार दाहाल यज्ञनिधिलाई
काठमाडौं । गङ्गेश्वरी प्रतिष्ठानद्वारा हरेकवर्ष प्रदान गर्ने गरी स्थापना गरिएको ‘गङ्गेश्वरी जागरण पुरस्कार, २०७४ पहिलोपटक वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदान गरिने भएको छ । दश हजार (रु.१०,०००) राशी रहेको यो पुरस्कार समाजमा रहेका जातीय, धार्मिक, लैङ्गिक तथा कुसंस्कार–कुरीतिजन्य अन्धविश्वास र विभेदहरूका विरुद्ध अविच्छिन्न रूपमा निर्भीकतापूर्वक जागरण अभियान चलाउँदै विशिष्ट योगदान पु¥याएवापत दाहाललाई प्रदान गर्न लागिएको हो । यो पुरस्कार सामाजिक रुपान्तरणका लागि सांस्कृतिक जागरणका पक्षमा विशिष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई प्रदान गर्ने उद्दश्यले स्थापना गरिएको कुरा संस्थापक रामदेव पाण्डेले जानकारी दिए ।
साहित्यकार डा.रामप्रसाद ज्ञवाली संयोजक तथा साहित्यकार डा. देवी नेपाल, साहित्यकार धीरकुमार श्रेष्ठ, अधिवक्ता कमलप्रसाद पोखरेल र बालसाहित्यकार आनन्द तिवारी सदस्य रहेको प्रतिभा छनोट समितिले यस वर्षका लागि दाहाल यज्ञनिधिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । दाहाल यज्ञनिधिले प्रजातन्त्रकालमा मात्र नभई पञ्चायत कालमा सरकारी सेवामा रहेको समयमा समेत जनविरोधी सत्ता र भेदभावमुखी तमाम कुरुपताका विरुद्ध रेडियोसञ्चार तथा साहित्यिक अभिव्यक्तिका माध्यमबाट साहसपूर्ण जागरणमुखी अभियान चलाएको र अहिले खस्कँदो स्वास्थ्यको स्थितिमा पनि त्यो अभियान नछाडेको हुँदा यसपटकका लागि उनलाई सर्वसम्मतिले छनोट गरिएको कुरा पुरस्कार संयोजन समितिका संयोजक डा.रामप्रसाद ज्ञवालीले बताए ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका, ठूलापोखरा निवासी समाजसेवी दम्पती गङ्गादेवी पाण्डे र ईश्वरीप्रसाद पाण्डेको सम्झनामा स्थापित गङ्गेश्वरी प्रतिष्ठान समाज सेवाका साथै समाजमा प्रचलित कुप्रथा, कुरीति, कुसंस्कार र अन्धविश्वासका विरुद्धको अभिायानमा समर्पित संस्था हो । समाजसेवाका क्षेत्रमा विभिन्न कार्यहरू गर्नुका साथै समाजबाट अन्धविश्वासजन्य कुप्रथा, कुसंस्कार र कुरीतिका विरुद्ध वैचारिक, व्यावहारिक एवं सिर्जनात्मक योगदान पु¥याउने व्यक्ति अथवा संस्थालाई प्रोत्साहित, सम्मानित र पुरस्कृत गर्ने उद्देश्य बोकेको यस संस्थाले “सामाजिक रूपान्तरणका लागि सांस्कृतिक जागरण अभियान” धारणालाई आत्मसात गर्दै आएको छ । प्रतिष्ठानले गङ्गेश्वरीका नाति प्रकाश पाण्डे र नातिनी बुहारी सुमी न्यौपाने पाण्डेको प्रगतिशील विवाहको अवसरमा २०७३ असोज २७ गते यस पुरस्कारको घोषणा गरी संस्थागत रुपमा सामाजिक रूपान्तरणका लागि सांस्कृतिक जागरणको अभियानलाई अघि बढाएको हो ।
प्रतिष्ठानले सिद्धान्त, आदर्श, विचार र कुरामा मात्र नभई व्यवहारतः अन्धविश्वासजन्य सामाजिक विभेद र रुढिहरूका विरुद्ध वैज्ञानिक आधारमा लागिपरेका अभियन्ता, पत्रकार, लेखक, आविष्कारक या सोसँग सम्बन्धित सामाजिक, सांस्कृतिक, साहित्यिक संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












