यी हुन्, किम जोङ-उनका दुई सारथी वैज्ञानिक, राष्ट्रसंघले कालोसूचीमा राख्यो
काठमाडौं, १ कात्तिक । यतिबेला उत्तर कोरिया विश्वको नजरमा निकै हावी भईरहेको छ । उसले दिनप्रतिदिन गर्ने परमाणु परीक्षण तथा क्षेप्यास्त्र परीक्षणले गर्दा निकै चर्चामा छ । संयुक्त राष्ट्र संघ, अमेरिका, चीन लगायतका शक्तिशाली संगठन तथा राष्ट्रहरुको प्रतिबन्धका बाबजूत पनि परीक्षणको कार्य तीब्र पारिरहेको छ ।
पारमाणविक कार्यक्रमले कोरियाली नेता किम जोङ-उन विश्वशक्ति माझ हिरो बनिरहेका छन् । अमेरिका र चीनसहित कैयौँ मुलुकले उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई लिएर विभिन्न प्रतिबन्धहरु लगाइसकेका छन्। तर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र शक्ति राष्ट्रहरुको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।
अमेरिकाले राष्ट्रसंघमा उक्त मुद्दालाई पटक-पटक उठाउँदै आएको छ। कसैको केही नसुन्दै आफ्नो पारमाणित कार्यक्रमलाई निरन्तरता दिईरहेको उत्तर कोरियाले यसको प्रमुख श्रेय कसलाई दिएको छ त ? उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई गति दिनुको श्रेय दुईजना परमाणु वैज्ञानिकहरु री होङ-सोप र होङ सङ-मुलाई जान्छ। उनीहरुको दिमाग तथा सक्रियताले उत्तर कोरिया विश्वसामू हिरो बनिरहेको छ ।
री होङ-सोप पारमाणु अस्त्र अध्ययन केन्द्रका प्रमुख हुन् भने होङ सङ-मु त्यसका उप-निर्देशक हुन्। पारमाणविक कार्यक्रमसम्बन्धी उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनको महत्त्वाकांक्षा पूरा गर्ने जिम्मेवारी तिनै दुईजनाको काँधमा रहेको बताइन्छ।
जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल म्याडन भन्छन्, ‘यी दुई वैज्ञानिकहरुसँग ठूलो शक्ति छ र उनीहरुले उत्तर कोरियाको परमाणु वैज्ञानिक समुदायको प्रतिनिधित्व गर्दछन्।’ म्याडनका अनुसार ती दुई वैज्ञानिकहरु कुनैबेला परमाणु भौतिकशास्त्रका पिता भनिने डो साङ-रोकका विद्यार्थी थिए।
डो साङ-रोक किम जोङ-उनका बुवाका एक निकट सल्लाहकार थिए। उत्तर कोरियाली पारमाणविक केन्द्रहरुसम्म पहुँच भएका सीमित व्यक्तिहरुमा स्टाण्डफर्ड विश्वविद्यालयको परमाणु विज्ञानका प्राध्यापक सेगफर्ड हेकर पर्दछन्।
योङब्योन न्युक्लियर साइन्टिफिक रिसर्च सेन्टरको निर्देशक पदमा री होङ-सोप भएका बेला हेकरले सन् २००४ देखि २०१० को बीचमा त्यहाँको भ्रमण गरेका थिए। एउटा अन्तर्वार्तामा हेकरले भनेका थिए, ‘री होङ-सोपले मेरा प्रश्नहरुको इमानदारीपूर्वक दिएको जवाफ र उनको क्षमता देखेर म निकै प्रभावित भएको थिएँ।’
सन् २०१६ मा चौथो पारमाणविक परीक्षणमा पाएको सफलतापछि दुवै वैज्ञानिकलाई नेता किम जङ(अनले सम्मान गरेका थिए। त्यसरी सम्मानित हुने उनीहरु पहिला हुन्। छैठौं पारमाणविक परीक्षणमा सफलता पाएपछि दुई वैज्ञानिकहरुको सम्मानमा किम जोङ-उनले आधिकारिक समारोहकै आयोजना गरे। उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने यी दुई हस्तीहरुलाई राष्ट्रसंघको सुरक्षा परिषद्ले कालोसूचीमा राखेको छ। बीबीसीको सहयोगमा
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












