४० डाक्टरको टिमले १६ घण्टाको अपरेसनपछि जोडिएका टाउको अलग गरे
एजेन्सी, १० कात्तिक । भारतमा ४० जना डाक्टरको टिम १६ घण्टाको अपरेसनपछि जोडिएका दुई टाउँको अलग गर्न सफल भएका छन् । भारतको ओडिशामा टाउको जोडिएका जुम्ल्याहा बालक जग्गा र कलियाको टाउँको एउटैमा जोडिएको थियो । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा लामो असरेसनपश्चात जोडिएको टाउको सफलतापूर्वक अलग गरेको हुन् ।
एम्सले दिएको जानकारीअनुसार यो अपरेसन अक्टोबर २५ को बिहान ६ बजेदेखि सुरु भएको थियो । अपरेसन टोलीमा २० जना सर्जन, १० जना एनिस्थिसिया विशेषज्ञको टोली थियो । सर्जरीको लागि १६ घण्टा लागेको थियो भने एनिस्थिसियामा २० घण्टा लागेको थियो । बुधबार राति पौने नौ बजे दुई बालकको टाउको अलग गर्न चिकित्सकको टोली सफल भएको थियो ।
अपरेसन गर्ने चिकित्सकको टोलीका न्यूरो सर्जन डाक्टर दीपक गुप्ताले बिबिसीसँग भनेका छन्, ‘बालकहरुलाई अलग गर्नका लागि हामीले कैयौं चरणमा अपरेसन गर्यौँ । दुबै बालकको मस्तिष्क एक अर्कासँग जोडिएको थियो । साथै उनीहरुको नसा पनि एक अर्कासँग जोडिएको थियो ।’
डाक्टर गुप्ताले भने, ‘कमन सर्कुलेसन अर्थात संयुक्त रक्त संचारका कारण एउटा बालकबाट अर्को बालकमा तरल पदार्थ गईरहेको थियो । त्यसैले छुट्टै रक्त संचारणको व्यवस्था पनि गर्नु पर्यो । अपरेसनको समयमा एउटा बालकको हार्ट फेल हुने स्थितिमा पुगेका थिए भने अर्का बालकको मृगौलामा असर देखिएको थियो ।’
टाउकोसँगै मस्तिष्क पनि जोडिएका बालकलाई अलग गर्न विशेष तरिका अपनाइएको थियो । जसरी मुटुको बाइपास सर्जरी हुन्छ, त्यसरी नै यी बालकको पनि ब्रेनको बाइपास सर्जरी गरिएको डाक्टर गुप्ताले जानकारी दिए ।
दुई वर्ष चार महिनाका जुम्ल्याहा बालकका बुवा भुइया कहरा र पुष्पाञ्जली कहरा हुन् । उनीहरुले उपचारका लागि धेरै ठाउँ धाए । उनीहरु अपरेसन सफल हुने हो कि होइन भनेर सुरुमा निकै चिन्तित भए पनि अहिले खुशी छन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












