पतिको जमानतका लागि प्रहरी प्रमुखले एक रात विताउनु पर्ने सर्त राखेपछि
एजेन्सी, २३ कात्तिक । भारतको राजस्थानको जोधपुरस्थित राजीव गान्धी नगरको पुलिस थानाका प्रहरी प्रमुख पक्राउ परेका छन् । उनलाई महिलासँग अभ्रद व्यवहार गरेको, घुस खाएको अभियोगमा भ्रष्टाचार निरोधक ब्यूरो (एसीबी) ले पक्राउ गरेको हो ।
कमलदान चारण नामका ती थाना प्रमुख (थानाधिकारी) माथि पति छुटाउन आएकी महिलासँग घुस लिएको र एक रात विताउन शर्त राखेको आरोप लागेको छ । कमलले पंकज वैष्णव नामका एक युवालाई लागुपदार्थ अफिमको दुधसहित पक्राउ गरेका थिए । आफ्ना पति पक्राउ परेको जानकारी पाएपछि उनकी पत्नी छुटाउन पुलिस थाना आएकी थिइन् ।
पुलिस थाना आएकी पीडित महिलाको भेट थानाधिकारी कमलदान चारणसँग भयो । कमलले पंकज (महिलाका पति) को मुद्दा कमजोर गरिदिने र अफिमको मात्र १ किलोबाट घटाएर २०० ग्राममा झारिदिने भन्दै २ लाख रुपैयाँ मागे । यसका लागि कमलले पंकजकी पत्नीलाई थाना बोलाएर सम्झौता पनि गरे । महिलाले एक लाख रुपैयाँ नगद र एक लाख रुपैयाँ एडबान्स दिइन् ।
पैसा पाइसकेपछि पुलिस थाना प्रमुख कमलले पंकजकी पत्नीको पिछा छाडेनन् र सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गर्न थाले । यसबीचमा उनले पतिको जमानतका लागि आफूसँग एक रात विताउनुपर्ने भन्दै दबाब दिए । निरन्तर दबाबले आजित भएकी पीडित महिलाले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड गरेर उनीविरुद्ध भ्रष्टाचार निरोधक ब्यूरा (एसीबी) मा उजुरी दिइन् ।
महिलाको उजुरीपछि एसीबीले थानेदार कमलदान चारणमाथि एक्सन लियो । कमलमाथि लागेको आरोप पुष्टि भएपछि एसीबीले थप अनुसन्धानका लागि मंगलबार राति गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












