केरूङदेखि काठमाडौं रेल ल्याउन सकिने चिनियाँ टोलीको निष्कर्ष
काठमाडौं, २४ कात्तिक । केरूङदेखि काठमाडौंसम्म रेल ल्याउन सकिने चिनियाँ टोलीले निष्कर्ष निकालेको छ । केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले तीन दिनको स्थलगत अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले मंगलबारदेखि बिहीबारसम्म रेलमार्गको स्थलगत अध्ययन गरेको हो।
अध्ययनपछि टोलीले शुक्रबार बिहान नेपाली अधिकारीहरूसँग छलफल गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित बिहान साढे १० बजे मन्त्रालयमा दुई पक्षीय छलफल भएको थियो। स्थलगत अध्ययन र बैठकमा सहभागी रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायका अनुसार झन्डै डेढ घन्टा चलेको छलफलमा चिनियाँ पक्षले दुबै रेलमार्ग बनाउन सकिने तर समस्या भने धेरै रहेको बताएको छ।
‘यसअघि रेलमार्ग बनाउन सकिन्छ कि सकिन्न भन्ने थियो उहाँहरूले दुबै रेलमार्ग बनाउन सकिने बताउनुभयो,’ उपाध्यायले भने, ‘तर धेरै भौगोलिक, प्राविधिक र व्यवस्थापकीय समस्या छन् यसलाई समाधान गर्न तपाईँहरूको ठूलो भूमिका हुन्छ भन्नुभयो।’
चिनियाँ टोलीले हिमाल छिचोलेर केरूङबाट काठमाडौं आउने रेलमार्गमा मुख्य समस्या जमिनको बनावट बताएको छ। ‘स्याप्रुवेशीदेखि केरूङसम्म जमिनको चढाइ एकदमै उकालो छ, हिउँ पर्ने यस्तो ठाउँमा रेलमार्ग बनाउन महंगो र मर्मत गर्न पनि गाह्रो हुन्छ भन्ने उहाँहरूको कुरा थियो,’ उपाध्यायले भने।
चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोलीले रेलमार्ग बनाउन नेपालमा रहेका वन कटानी, जग्गा अधिग्रहण लगायतका विषयले पनि समस्या ल्याउन सक्ने बताएको छ। नेपाली पक्षले रेलमार्ग बनाउन आफूहरू चीन सरकारसँग सहकार्य गर्न तयार रहेको जवाफ दिएका थिए।
यसअघि सरकारले काठमाडौं–पोखरा (१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो। पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो।
चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्याउने गरी काम गरिरहेको छ। यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो। सोही प्रस्ताव अुनसार चीनले पहिलो पटक नेपालमा रेलमार्गको अध्ययन गर्न टोली पठाएको हो।
http://news-nepal.com/665774/
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












