भारतीय मिडियाले भन्यो, ‘भारतलाई दिनकै लागि बुढीगण्डकी चीनबाट खोसियो’
काठमाडौं, २९ कात्तिक । नेपालमा केही हुँदा भारतीय मिडिया सलबलाउने गर्दछन् । भारतसम्बन्धी कुनै निर्णय होस् वा अन्य देशबारे नै किन नहोस् भारतीय मिडियाको चाँसो भईहाल्छ । नेपालमा हुने गरेका ठूल्ठूला राजनीतिक परिवर्तन देखि लिएर सत्तामा हुने उलठपलठमा पनि भारतीय मिडिया चनाखो हुने गर्दछन् । यतिबेला भारतीय मिडियो फेरि सक्रिय भएका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको त्यहाँको मिडियाले लेखेका छन् । भारतको एक प्रमुख अखबार टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलार्इ दिनको लागि चीनको गेजुवासँग सम्झौता रद्द गरिएको जनाएको जनाएको छ ।
उपप्रधान तथा उर्जामन्त्री कमल थापाको ट्विट उद्धृत गर्दै लेखिएको समाचारमा चीन सरकार अन्तर्गतको चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) लाई ‘आउट’ गरेर भारतीय सरकारी कम्पनीलाई ‘इन’ गराउने तयारी स्वरुप सम्झौता रद्द गरिएको उल्लेख छ। तर, निर्णयबारे कमल थापाले सार्वजनिक रुपमा बोलिरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मुख खोलेका छैनन् ।
यसबारेमा चीनका बिदेश मन्त्रालयका प्रवक्ता जङ स्वाङले आफूलार्इ केही जानकारी नभएको प्रतिक्रिया दिएको समाचारमा उल्लेख गरिएको छ । चीन र नेपालबीच राम्रो सम्बन्ध भएको तथा द्विपक्षिय सहायता र समझदारी रहेको प्रवक्ता स्वाङले बताएको पनि टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
नेपालमा भारतीय प्रभावकै कारण चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरी भारतीय कम्पनीलार्इ दिन लागेको समाचारमा जनाइएको छ । एनएचपिसी भारत सरकारको पूर्ण स्वामित्वको कम्पनी हो। फरिदाबादमा मुख्यालय रहेको कम्पनी बम्बे स्टक एक्सचेञ्जमा समेत सूचीकृत छ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा ९०० मेगावाटको जलाशय युक्त परियोजना बुढी गण्डकी गेजुवालाई दिने निर्णय भएको थियो। त्यसबेला लाइसेन्स दिने र अहिलेको खारेजी दुबै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हावी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको उल्लेख छ।
चीनले धेरै वर्षअघिदेखि नेपालमा भारतको आकर्षक बिकल्पका रुपमा उभिन चाहेको उल्लेख गर्दै नेपालका ठूला हाइड्रो प्रोजेक्टहरुमा बेइजिङ ‘प्लेयर’का रुपमा देखिएको टिप्पणी गरिएको छ। पत्रिकाले नेपालले सम्झौता खारेज गर्नुलार्इ बर्माले केही वर्षअघि चीनसँगको ठूलो परियोजना रद्द गरेको घटनासँग जोडेको छ। बर्माले सन् २०११ मा चीनसँगको ३.६ अर्ब डलरको ड्याम परियोजना रद्द गरेको थियो।
यी दुबै ठूला परियोजना चीनले गुमाउनु क्षेत्रीयताको प्रभाव र आपसी सम्बन्ध मूल कारण रहेको टिप्पणी गर्दै यस निर्णयले श्रीलंकालार्इ पनि चीनलार्इ दिइएको ह्यामब्यानटोटा बन्दरगाह परियोजनामा पुनर्विचार गर्न सघाउ पुग्ने समाचारमा उल्लेख छ।
अमेरिकाले भारतसँग निकट सम्बन्ध बनाएको र ब्यापारिक सम्बन्ध पनि बढाउँदै लगेको अवस्थामा नेपालले क्षेत्रीयता र इन्डो प्यासेफिक संजालमा सुलभ पहुँचका लागि पनि उत्तर भन्दा दक्षिणी छिमेकीसँग सम्बन्ध सुमधुर बनाउन आवश्यक रहेको टिप्पणी पत्रिकाको छ। नेपाल र श्रीलंकाजस्ता गरिब देशहरुलार्इ आफ्नो ऋणको जालोमा पार्न चीनले यस्ता परियोजनाहरुमा आबद्ध गरेको प्रति भारत चिन्तित रहेको समाचारमा उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












