भारतीय मिडियाले भन्यो, ‘भारतलाई दिनकै लागि बुढीगण्डकी चीनबाट खोसियो’
काठमाडौं, २९ कात्तिक । नेपालमा केही हुँदा भारतीय मिडिया सलबलाउने गर्दछन् । भारतसम्बन्धी कुनै निर्णय होस् वा अन्य देशबारे नै किन नहोस् भारतीय मिडियाको चाँसो भईहाल्छ । नेपालमा हुने गरेका ठूल्ठूला राजनीतिक परिवर्तन देखि लिएर सत्तामा हुने उलठपलठमा पनि भारतीय मिडिया चनाखो हुने गर्दछन् । यतिबेला भारतीय मिडियो फेरि सक्रिय भएका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको त्यहाँको मिडियाले लेखेका छन् । भारतको एक प्रमुख अखबार टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलार्इ दिनको लागि चीनको गेजुवासँग सम्झौता रद्द गरिएको जनाएको जनाएको छ ।
उपप्रधान तथा उर्जामन्त्री कमल थापाको ट्विट उद्धृत गर्दै लेखिएको समाचारमा चीन सरकार अन्तर्गतको चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) लाई ‘आउट’ गरेर भारतीय सरकारी कम्पनीलाई ‘इन’ गराउने तयारी स्वरुप सम्झौता रद्द गरिएको उल्लेख छ। तर, निर्णयबारे कमल थापाले सार्वजनिक रुपमा बोलिरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मुख खोलेका छैनन् ।
यसबारेमा चीनका बिदेश मन्त्रालयका प्रवक्ता जङ स्वाङले आफूलार्इ केही जानकारी नभएको प्रतिक्रिया दिएको समाचारमा उल्लेख गरिएको छ । चीन र नेपालबीच राम्रो सम्बन्ध भएको तथा द्विपक्षिय सहायता र समझदारी रहेको प्रवक्ता स्वाङले बताएको पनि टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
नेपालमा भारतीय प्रभावकै कारण चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरी भारतीय कम्पनीलार्इ दिन लागेको समाचारमा जनाइएको छ । एनएचपिसी भारत सरकारको पूर्ण स्वामित्वको कम्पनी हो। फरिदाबादमा मुख्यालय रहेको कम्पनी बम्बे स्टक एक्सचेञ्जमा समेत सूचीकृत छ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा ९०० मेगावाटको जलाशय युक्त परियोजना बुढी गण्डकी गेजुवालाई दिने निर्णय भएको थियो। त्यसबेला लाइसेन्स दिने र अहिलेको खारेजी दुबै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हावी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको उल्लेख छ।
चीनले धेरै वर्षअघिदेखि नेपालमा भारतको आकर्षक बिकल्पका रुपमा उभिन चाहेको उल्लेख गर्दै नेपालका ठूला हाइड्रो प्रोजेक्टहरुमा बेइजिङ ‘प्लेयर’का रुपमा देखिएको टिप्पणी गरिएको छ। पत्रिकाले नेपालले सम्झौता खारेज गर्नुलार्इ बर्माले केही वर्षअघि चीनसँगको ठूलो परियोजना रद्द गरेको घटनासँग जोडेको छ। बर्माले सन् २०११ मा चीनसँगको ३.६ अर्ब डलरको ड्याम परियोजना रद्द गरेको थियो।
यी दुबै ठूला परियोजना चीनले गुमाउनु क्षेत्रीयताको प्रभाव र आपसी सम्बन्ध मूल कारण रहेको टिप्पणी गर्दै यस निर्णयले श्रीलंकालार्इ पनि चीनलार्इ दिइएको ह्यामब्यानटोटा बन्दरगाह परियोजनामा पुनर्विचार गर्न सघाउ पुग्ने समाचारमा उल्लेख छ।
अमेरिकाले भारतसँग निकट सम्बन्ध बनाएको र ब्यापारिक सम्बन्ध पनि बढाउँदै लगेको अवस्थामा नेपालले क्षेत्रीयता र इन्डो प्यासेफिक संजालमा सुलभ पहुँचका लागि पनि उत्तर भन्दा दक्षिणी छिमेकीसँग सम्बन्ध सुमधुर बनाउन आवश्यक रहेको टिप्पणी पत्रिकाको छ। नेपाल र श्रीलंकाजस्ता गरिब देशहरुलार्इ आफ्नो ऋणको जालोमा पार्न चीनले यस्ता परियोजनाहरुमा आबद्ध गरेको प्रति भारत चिन्तित रहेको समाचारमा उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












