संसदमा बहस चलिरहेकै बेला एक समलैंगिक सांसदले बिहेका लागि प्रस्ताव राखे
एजेन्सी, १९ मंसिर । संसदमा बहस चलिरहेको होस् र यही बीचमा एक सांसदले आफ्ना पार्टनरलाई प्रपोज गर्यो भने तपाई के भन्नुहुन्छ ? यो अष्ट्रेलियाको कुरा हो र संसदमा समलैगिक विवाहलाई बैधता दिने मुद्दामा बहस भइरहेको थियो ।
सांसद टिम विल्सन बहसमा भाग लिइरहेका थिए । उनका गे पार्टनर रेयान बाल्गर संसदकै दर्शकदिर्घामा बसेर बहस सुनिरहेका थिए । टिम विल्सनको प्रस्तावमा रेयानले जोडले भने, ‘यस’
रेयानको बाचा यो नौ वर्ष पुरानो सम्बन्धका लागि भरोसालाई एक पटक फेरि दोहोर्याउनु जस्तै थियो । अष्ट्रेलियाको हाउस अफ रिप्रिन्टेटिव्समा सोमबार समलैंगिक विवाहलाई बैधता दिने विधेयकमा बहस सुरु भएको छ । पाँच दिन पहिले सिनेटले यसलाई पारित गरेको थियो ।
अधिकारीहरुको अनुमान छ सिक सांसदभित्र कसैलाई प्रस्ताव गर्ने टिम विल्सन पहिलो सांसद हुन् । भाषणका क्रममा भावुक बनेका उनले भने, ‘आफ्नो पहिलो भाषणमा मैले आपसी सम्वन्धलाई औंठीको माध्यमबाट बताएको थिएँ । यो हामी दुबैको बायाँ हातमा छ । यो औंठी त्यो सवालको जवाफ हो, जुन हामी सोध्न सक्दैनौं । अब केवल एक चिज अधुरो रहेको छ । रेयान प्याट्रिक बल्गर, के तिमि मसँग बिहे गर्छौं ?’
टिम विल्सनको प्रस्तावसँगै संसदको माहौल परिर्वतन भयो । अन्य सदस्यले यसको स्वागत गर्दै ताली बजाए भने स्पीकरले जोडीलाई बधाई दिएका छन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












