जाडो मौसममा छालाको हेरचाह कसरी गर्ने ?
काठमाडौँ, २९ मंसिर । जाडो मौसमको सुरुवातसँगै छालाको प्रकारमा पनि परिवर्तन हुन थाल्छ। यस बेलामा तैलीय छाला परिवर्तन भएर साधारणमा तथा साधारण छाला परिवर्तन भएर सुख्खा हुन्छ। यसरी बढी सुख्खा भए छाला फुस्रो देखिनुका साथै चाउरीपन देखा पर्छ । जसले गर्दा उमेर नपुग्दै बूढोजस्तो देखिन थालिन्छ। त्यसैले समयमै आफ्नो अनुहारको स्याहार गर्नुपर्छ। विशेष गरी जाडो महिनामा चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु आदि छाला बिग्रनुका प्रमुख कारण हुन्।
यसकारण जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपाय अपनाउनुपर्छ। बदामको बोक्रालाई सुकाएर पिस्ने र त्यसमा एक एक चम्चा बेसार, बेसन, चिया दही तथा मह मिसाएर पेस्ट बनाई लगाउँदा अनुहारमा भएको चाउरीपन हट्नुका साथै चमक पैदा हुन्छ। गहुँको रोटीलाई उमालेकोे दूधमा भिजाएर लेप बनाउने र अनुहारमा लगाउने। १० मिनेटपछि चिसो पानी अथवा दूधले भिजाउने अनि ५ मिनेटजति मसाज गर्ने । त्यसपछि सफा पानीले पखाल्ने। सातामा एकपटक यो विधि अपनाउँदा छाला नरम एवं चम्किलो हुन्छ।
यदि छाला चाउरी परेको र सुख्खा छ भने पाकेको केराको गुदी सातामा २९३ पटक लगाउने वा त्यसले मसाज गर्ने। यसो गर्नाले अनुहारको छाला नरम हुनुका साथै चाउरी पर्न रोकिन्छ। तुलसीको पातको रस, दूध र घिउकुमारी मिसाएर दिनहुँ प्रयोग गर्नाले चायाँ९पोतो कम हुन्छ।
अनुहार घामले डढेको छ भने सुन्तलाको बोक्राको धूलो, बेसन तथा कागतीको रसलाई काँचो दूधमा मिसाएर पेस्ट बनाउने। सातामा दुईपटक अनुहारमा लगाएर १५९२० मिनेटसम्म राख्ने। यसो गर्नाले अनुहार सेतो हुन्छ।
हामी अनेक प्रकारका कस्मेटिक प्रयोग गर्छौं साथै छालाको ट्रिटमेन्ट पनि गराउँछौं। यी सबै किसिमका कस्मेटिकको राम्रो पहिचान भएन वा उचित तरिकाले प्रयोग गर्न सकिएन भने अनुहार कुरूप पनि हुन सक्छ। त्यसैले अनुहारका लागि छाला सुहाउँदो क्रिम प्रयोग गर्नुपर्छ। यसका लागि दक्ष ब्युटिसियनको सल्लाह लिन सकिन्छ। मेकअपका साथै खानपिनमा पनि त्यत्तिकै ध्यान पुर्याउनुपर्छ। सन्तुलित आहार खाने, पानी प्रशस्त पिउने, हरियो तरकारी, फलफूल, ताजा जुस, उम्रिएका गेडागुडी, दूध९दही एवं मोहीका साथै भिटामिन सी र भिटामिन ईयुक्त खानेकुरा बढी सेवन गर्दा छालालाई फाइदा पुग्छ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












